काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता कायम गरेकी छन् । ६ प्रदेशको मत गणना सकिँदासम्म शर्माले निरन्तर अग्रता कायम गरेकी छन ।उपत्यका प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रतिष्ठान प्रदेशको मत गणना सकिएको छ ।सार्वजनिक परिणाम निर्मला शर्माले ३ हजार ६ सय १० मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । प्रदेशगत रुपमा प्राप्त मत गन्दा शर्माले ९ सय ४० बढी मतले अग्रता कायम राखेकी छन् ।