मुगु–जिल्लामा अत्याधिक जाडो बढेपछि कर्णाली नदीका किनारमा रहेका तातोपानी कुण्डमा नुहाउन स्थानीयको भीड लाग्न थालेको छ ।घरका धारा देखि खोला सम्मको पानीमा बरफ जमेर नुहाउन कपाडा धुन कठिनाई हुन थालेपछि महिला पुरुष युवायुवती बुढापाकाहरु तातोतानी कुण्डमा जान थालेका छन ।जिल्लाको प्रसिद्ध छायाँनाथ रारा नगरपालिकाको रुगा भुसेकुना र सोरु गाउँपालिको जिमा कुलाहा र हुम्ला सर्केगार्ड गाउँपालिको हुम्ला चंखेली गापालिकाको सरिसल्ला तातोपानी कुण्डमा नुहाउँन महिला पुरुष बुढापाका स्थानीय र कर्मचारीको भीड लाग्न थालेको छ ।
जाडोको कारण धाराको पानीले नुहाउँन नसकिने अबस्था आएपछि रुगा ,थार्प ,इमा, निगाले हेन्निकाँध, श्रीनगर र भामबाडा गाउँ अधिकास महिला, पुरुष बिधार्थी कपाडा र साबुन बोकेर भुसेकुना तातोपानी जान थालेका छन ।चिसो बढेसंगै भूसेकुना तातोपानी कुण्डमा नुहाउँन स्थानीयको भीड लाग्न थालेको सोरु गाउ“पालिका ६ का पदम शाहीले जानकारी गराए ।जमिन मुनि बाट निस्कने बाफिलो र नुनिलो तातो पानीमा नुहाउदा शरिर दुख्ने रागन शरिर चिल्याउँने अनुहारमा देखा पर्ने दाद लगायत रोगहरु निको हुने परम्पराको बिश्वासले गर्दा तातो पानीमा भीड लाग्ने गरेको छ ।जाडो बढेपछि सोरु गाउँ पालिकाको जिमा कुलाहा तातोपानी कुण्डमा पनि नुहाउँन नार्थपु, कालै, रारा, सिप, धैनकोट, पुरुमुरु, सिप ख्याल्च, रारा गिलाहा, लगायत बस्ती बाट महिला बुढापाका युवायुवतीको ओइरो लाग्न थालेको छ । जाडो बढे संगै जिमा कुलाहाँँ तातोपानी कुण्डमा मानविय चहपहल बढेको सोरु गाउँँपालिका–९ का वडाअध्यक्ष सागरसम्शेर शाहीले बताए ।
गर्मीको समयमा सुनसान हुने तातोपानी कुण्डहरु हिजोआज जाडो बढेपछि स्थानीयको भीड देखिन थालेको उनको भनाई छ । हिजोआज गाउँँ भन्दा तातोपानी क्षेत्रमा मानविय चहलपहल निकै बढदा रमाइलो देखिने थालेको छ ।तातो पानीका नुहाँउन भएका स्थानीयले देउडा खेलेर रमाइलो समेत गर्ने गरेका छन । बुढापाकाहरु नुहाँउदै आगो बालेर ताप्दै शरिरमा तेल घस्दै गरेर आनन्द लिने गरेका छन ।छिमेकी हुम्ला लुमछहरा तातोपानीमा नुहाउँन मुगुको फोतु, भीई, नार्थपु, त्यसै गरि हुम्लाको श्रीनगर, तुम्च, जैर, कल्खे गाउँ बाट दिनहु महिला पुरुषको भीड लाग्न थालेको छ ।