सोमवार, पुस २२, २०८१
सोमवार, पुस २२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वनलाई जनताको समृद्धिसंग जोडने प्रयास भइरहेको छ, मन्त्री शाही

वनलाई जनताको समृद्धिसंग जोडने प्रयास भइरहेको छ, मन्त्री शाही

  • बिहिबार, पुस ४, २०८१
वनलाई जनताको समृद्धिसंग जोडने प्रयास भइरहेको छ, मन्त्री शाही

काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई जनताको समृद्धि बिकास संग जोडने प्रयास भइरहेको बताउनु भएको छ ।वन तथा वाताबरण मन्त्रालयको संयोजन र खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राबिधिक सहयोगमा बिहिबार काठमाडौमा आयोजित राष्ट्रिय नीति संवाद कार्यक्रममा मन्त्री शाहीले वनका बाधा अड्चन फुकाएर जनताको समृद्धि बिकास सित जोडने प्रयास भइरहेको बताउनु भएको हो ।
बिश्वमा नै नेपालको सामुदायिक वन स्थानीय जनताको सहभागीता तथा सकृयतामा ब्यबस्थित भएको एउटा उल्लेखनीय सफलताको कथा हो मन्त्रीले भने नेपालमा रहेका २३ हजार भन्दा बढी सामुदायिक वनको संरक्षण ब्यवस्थापन र सदुपयोगका साथै स्थानीय समुदायलाई शसक्त बनाउदै गरिव न्यूनिकरणमा योगदान पु¥याएको छ ।बिकसित सामाजिक राजनीतिक परिदृष्य बढ्दो आर्थिक अवसरहरु र जलवायू परिर्वतनको बढदो प्रभावलाई सम्बोधन गर्न सामुदायिक वनलाई पनि अनुरुप बिकास गर्न आबश्यक रहेको उहाँको भनाई छ ।मन्त्री शाहीका अनुुसार वन क्षेत्रको बढदो आर्थिक अवसरहरु उपर काम गर्नु पर्ने र समग्र मुलुकको बिकासमा योगदान गर्न अपरिहार्य रहेको छ ।वनको दिगो ब्यवस्थापन वनमा आधारित उद्यम बिकास पर्यापर्यटन प्रर्बद्धन कार्वन ब्यापार लगायतका वन क्षेत्रमा काम गर्दै वनको बिकासका साथै मुलुकको समृद्धिको टेवा पु¥याउन सामुदायिक वनहरुको बिकास सहित दिगो आर्थिक बिकासमा योगदान पु¥याउने भन्ने कुराको सुनिश्चितता गर्नु पछ्र्र मन्त्रीको भनाई रहेको छ ।

आर्थिक सामाजिक तथा राजनीतिक प्राथकिताहरुमा आएको परिर्वतनले सामाजिक समानता लैगिंक समावेशीकरण र अन्तर पुस्ता न्यायहरुलाई सम्बोधन गर्दै मन्त्री शाहीले भन सामुदायिक वनहरुको सिमान्तकृत वर्गहरुको जीविकोपार्जन तथा सशक्तिकरणमा समेत काम गर्दै आएको छ । सामुदायिक वनमा आश्रित रहेका महिला आदिवासी जनजाती दलित लगायत सिमान्तकृत समुह र युवाहरुको समानुपातिक प्रतिनिधित्वको आधारमा नेतृत्व सहित प्राप्त लाभहरुमा फाइदाको न्यायोचित बितरणको सुनिश्चित गर्नु पर्नु पर्छ मन्त्रीले बताउनु भयो ।जोखिम न्यूनिकरणको लागि आबश्यक अनुरुप जलवायु मैत्री वन ब्यबस्थापन परिस्थिति प्रणालीमा आधारित अनुकुलन लगायत अबसरका लागि वनको बिकास र ब्यबस्थापनले कार्वन संचितिकरण गरि जलवायु अनुकुलनका साथै कार्वन ब्यापार बाट आम्दानी बढाउने अबसर रहेको बताउनु भयो । मन्त्रीले भने सामुदायिक वनको भविष्यको लागि साझा दृष्टीकोण बिकास गर्न सबैलाई आहावान गर्दछु मन्त्रीको भनाई छ

चर्चामा

सम्बन्धित समाचार