
काठमाडौ—वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो बिकासका लागि अनुसन्धान अपरिहार्य रहेको बताउनु भएको छ ।शुक्रबार राजधानीमा आयोजित वन अनुसन्धान दिवसको अवसरमा मन्त्री शाहीले अनुसन्धान बिनाको दिगो बिकास हुन नसक्ने भएको दिगो बिकासका लागि अनुसन्धान अपरिहार्य भएको बताउनु भएको हो । वनको दिगो बिकास गर्दै देशको आर्थिक समृद्धि मार्फत सुखी नेपाली समृद्धि नेपाल बनाउनमा मदत्त पुग्ने उहा“को भनाई छ ।
मन्त्रालयले वन अनुसन्धान क्षेत्रलाई अझ सुदृढी पार्ने बिषयमा आबश्यक कदम चाल्ने मन्त्रीले भन्नुभयो वन अनुसन्धानको क्षेत्रमा थप लगानी गर्ने अनुसन्धान र बिकासलाई प्रोत्साहन गरिने छ । मन्त्री शाहीले भन्नुभयो अनुसन्धानलाई अन्तराष्ट्रिय संंघ सस्था तथा बिभिन्न बिश्वबिद्यालयहरु संग सम्बन्ध बढाउने जस्ता योजना मन्त्रालयले बनाइरहेको छ ।वन क्षेत्रको बिकास र संरक्षणमा वन अनुसन्धान बाट आएका नतिजालाई वन वन्यजन्तु तथा जैबिक विविधताको संरक्षण तथा ब्यबस्थापनमा प्रयोग गरौ मन्त्रीको भनाई छ ।
नेपाल सरकारको ठूलो लगानीमा भएको अनुसन्धानमा खर्च भएको बजेटको उचित प्रयोग गर्न आबश्यक छ मन्त्री शाहीले भन्नुभयो नत्र भने सरकारको लगानी खेर जान्छ ।
जलवायु परिर्वतन र वन क्षेत्रको दिगो बिकास गरि वन पैदावारमा आत्मनिर्भर वन्न सक्नु हाम्रो सामु चुनौती रहेको मन्त्रीले बताउनु भयो ।अनुसन्धानको माध्यम बाट वन क्षेत्रको समग्र बिकास र वन क्षेत्रको अधिकत्तम उपयोग र संरक्षणका उपायहरुको पहिचान गर्न आबश्यक रहेको उहा“को भनाई छ ।वन वन्यजन्तु जैविक विविधताको अनुसन्धानको क्षेत्रमा अझ गहिरो सोच जिम्मेवारीका साथ समर्पित तथा यस कार्यमा योगदान पुरयाउन प्रेरित गर्ने एक अवसर हो मन्त्रीले भन्नुभयो यो वन दिवस वन वन्यजन्तु जैविक विविधता सम्बन्धी बिषयको अनुसन्धानको महत्वलाई जोड दिने छ ,।