मुगु— मुगु सोरु गाउ“पालिकाकी सुबिधा शाही पुख्र्यौली पुसे पर्व भैलो आएपछि रमाउने गरेकी छन ।साथी बटुलेर साझतिर घर आ“गनमा गई आइ पुनी बार भैली आइन आ“गन । के दिन्छौं भनन भैलेली आई आ“गन जस्ता देउडा भाकामा उनी भैली खेल्दै रमाउन थालेकी छनभैली खेल्न आगनमा आएका छोरीचेलीलाई परिवारले एक माना चामल, दान, तेल, नुन ५० देखि १ सय रुपैया“ दिएर पठाउने गरेका छन । पहिले ताली बजार देउडा गीत गाएर भैली खेल्थे भने अचेल मादल खैचडी बजार पुसे भैलो खेल्ने गरेपछि गाउ“का महिला पुरुष बुढापाका पनि हर्ष हुने गरेका छनबिकसित शहरी क्षेत्रमा दसैं तिहारमा युवायुवतीले भैलो खेल्ने चलन छ । यस जिल्लाको गाउ“बस्तीमा भने पुस महिना सुरु भएपनि अबिबाहित छोरीचेलीहरु माइतीको घर आ“गनमा भैली खेलेर रमाउने चलन छनअर्कोतिर पुख्र्यौली भैली चलनलाई पनि जर्गेना गर्दै आएका छन हिजोआज गाउघरमा छोरी चेलीको भैली पर्व सुरु भएको छ ।
स्थानीय भाषामा यसलाई पुसे चेली तिहार पनि भन्ने गरिन्छ ।साझपख सबै घरका छोरीचेलीहरुले पछौरा ओढेर घरदैलो भैलो माग्न थालेका छन हाम्रो भैली आएपछि मनमा खुशीले छाएको सुबिधाले बताइन ।शहर बजारमा दसैमा भैली खेलेर नाच गान गरि रमाउछन उनले भनिन यहा“ हामी त पुस महिनामा भैली खेलेर खुशीका साथ चिसो दिन बिताउने गर्छौ ।भैली पर्वले गर्दा गाउ“बस्तीका छोरीचेलीलाई जाडोको कुनै महसुस हुदैन । भैली आएपनि आगो ताप्न बन जंगल बाट आफै दाउरा ल्याएर बाल्ने गरेका छन ।बिशेष गरेर पुस पूर्णीमा देखि औसी सम्म भैली खेलेर चामल, पैसा, ध्यू तेल, नुन, दाल बटुल्ने र सबै जम्मा भएर खेत पाखोबारी गएर बिभिन्न परिकार बनाएर खाने गरेको चेलीको भनाई छ ।गाउ“घरमै चेलीहरुको भैलीको चलन आ–आफनै छ । मुन्दु, कोटीला, भीई, झयारी, नार्थपु, बाम, लगायत बस्तीहरुमा चेलीहरु आ–आफनो घर बाट चामल, चेल, दाल, ध्यू, दही दुध, तरकारी लिएर गोठमै बसेर पकाएर खाने राति भैली भाकामा देउडा गाएर रमाइलो गर्छन ।छोरी चेलीले वल्लोपल्लो गाउ“का युवाहरुलाई भैलो खान निम्ति समेत दिने गरेका छन । पुरी सेलरोटी भात, मासु खिर पकाएर निगालोको डालो टपरी छाप्रोमा युवालाई दिने र खाए बाफत युवाले आफनो इच्छा अनुसार पैसा दिने गरेका छन ।बिबाहित र अबिबाहित छोरीचेली भैलो खेल्ने दिउसो चौरतिर गएर दाल भात पुरी तरकारी बनाएर खाने चलन रहेको खत्याड गाउ“पालिकाकी उपप्रमुख सरिता रोकाया बताइन ।
टाढा बिबाह गरेकी छोरीहरु भैलो खान माइत घरमा आउने गरेको उनको भनाई छ । पुसको छोटा दिन र लामो रात चेलीलाई असाध्य रमाइलो लाग्ने रोकायाको भनाई छखत्याड गाउ“पालिकाको सुकाढिक, रिघा, आम, हयाङलु लगायत बस्तीका छोरीचेलीहरुले पनि पुसमा भैली खेलेर खानपिन गरि रमाउन गरेका छन । पुस लागेपछि छोरीचेली खुशी हुने सुकाढिक गाउँकी दाना गिरीको भनाई छ ।कच्चे, थार्प, गिलाहा, कार्कीबाडा, श्रीनगर छत्यालबाडा, भामबाडा लगायत गाउ“का छोरी चेलीहरुले राति गोठ बसेर भैली खेल्ने चलन अन्त गरेर साथी संगीनीको फराकीलो घरमा जम्मा भएर भैलीमा रमाइलो गर्ने चलन छ ।यहा“की दिदी बहिनी छोरीचेलीको मुख्य चाड नै पुसे भैली हो भेटघाट हुने एक आपसमा बाडेर खानपिन गर्ने छायानाथ रारा नगरपालिका ३ कि वडासदस्य पंचदेबि खडकाले भनिन अचेल केही गाउ“मा यो चलन छोडि सके ।म साना छदा पनि पुस आएपछि भैली आयो भन्दै रमाउने घरदैलो खेल्न जान्थे उनले भनिन अचेल पढेलेखेका युवतीहरुले त्यति वास्ता नगरे जस्तो लाग्यो ।घरका अबिबाहित छोरी चेली संग भैलो खान रमाउन बिबाहित मइलेतु पुसमा माइत आउछन । टाढा बिबाह गएकी छोरीहरुलाई माइती बोलाएर भैलो खुवाएर पठाउने गरेका छन ।
माइत आएका छोरीहरुलाई घरपरिवारले रातो चामलमा मासको दाल मिसाएर खिचडी बनाएर खुवाउने चलन छ । माइत आएकी छोरीलाई वल्लोपल्लो घरकाले बोलाएर भैलीभात पकाएर खुवाउने गरेका छनमुगुमा मात्र नभएर कर्णालीमै छोरीचेलीले पुसमा भैलो पर्व मनाउने कर्णाली नाटय समुहका संयोजक हिराबिजुली नेपालीले भने पुख्र्यौली यो चलन पनि बिस्तारै रुप परिर्वतन हुदैछ ।पुख्र्यौली चाड पर्वहरुलाई संरक्षण गर्न सके कर्णालीको पहिचान नमेटिने उनको भनाई छ । सिमित पुसे भैली मात्र नभएर भुवा, पिठाया“ जस्ता मौलिक चाड पनि पुस महिनामै मनाउने चलन रहेको नेपालीको सुनाए ।टाढा बाट बास बस्न आएका पाहुनाहरुलाई गाउ“की चेलीले भैलो माग्ने चलन पनि छन । केही गाउ“बस्तीमा यसलाई हटाई सकेका छन भने केही गाउ“मा पाहुनाले पनि भैली बाफत इच्छा बमोजिम पैसा दिने चलन एथावत छ ।करिव ७ बर्ष मुनिका चेलीहरुले गाउ“मा भैलो मागेर दिउसो गाइगोरु भेडा बाख्रा चराउन बनपाखातिर जा“दा त्यही पकाएर खाने गरेको खड्काले बताइन ।पुख्र्यौली जीजु बाजे देखि चलि आएको यो चलन संरक्षण गर्नु पर्ने स्थानीयको भनाई छ । बिकसित हुदै गएका बजार क्षेत्रमा यो चलन हराउदै गएका छ ।
भैलो उत्पति
खास गरि कर्णालीमा पुस महिनामा फुर्सद हुने, सवैले सवै कामहरु सकाएर वसिरहेको वेला सवै मिलेर रमाइलो गर्दै जुम्लामा कल्याल राज्यको पाला देखि हिउदको महिनामा ठूली भैलो खेल्ने चलन रहि आएको छ ।औसी देखि पञ्चमी सम्म ५ दिन खेलिनेभएकाले यसलाई ठूली भैलो पनि भनिन्छ । अहिले जुम्लाका विभिन्न स्थानीय तहमा आफ्नै स्थानीय पहिरन लगाएर महिना पुरुषहरुले भैलि खेलिरहेका छन् ।यो भैली खास गरि युवा पुस्ता भन्दा पनि बुढापाखाले खेल्ने गरेका छन् । हामी लय निकालेर भैलो पुकाड्नै जान्दैनउनले भने, हाम्रो कर्णालीको संस्कृति संरक्षणका लागि बुढापाखाबाट सिक्न जरुरी छ ।अहिले ज बुढापाखा, संस्कृति सम्बन्धि केही जानकार र पुरानो संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्ने केहीले मात्र पुषे भैलो खेल्नेगरेका छन् ।कर्णालीमा अन्न बाली भित्रयाए भकारीहरु भरीभराउ भैसके पछि थकाई मार्ने मेलोका रुपमा जुम्लामा परापूर्व कालदेखि नै पुसमा ठूली भैलो खेल्ने गरिएको छ ।