बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

  • मङ्लबार, पुस २३, २०८१
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ – उपत्यकामा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ ।खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु नेपाल(चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको विभागले जनाएको छ ।त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार