बुधबार, पुस २४, २०८१
बुधबार, पुस २४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यू १३० जना घाइते

तिब्बत भूकम्प : कम्तीमा ९५ जनाको मृत्यू १३० जना घाइते

  • मङ्लबार, पुस २३, २०८१
तिब्बत भूकम्प : कम्तीमा  ९५ जनाको  मृत्यू १३० जना घाइते

काठमाडौँ – चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ९५जनाका मृत्यु भएको छ भने  १३०    जना घाइते भएका छन्  ।   चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो । मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

चर्चामा

सम्बन्धित समाचार