झापा—वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कनकाई नदीको कटान रोक्ने कार्यमा पहल गर्ने बताउनु भएको छ ।आज बिहिन झापाको कनकाई नगरपालिका स्थित कनकाई क्षेत्रको तटबन्धन निरिक्षण गर्दै मन्त्री शाही कटान क्षेत्र रोक्नका लागि सरकारको तर्फ बाट आफुले सक्दो प्रयास गर्ने जानकारी गराउनु भएको छ ।
उक्त क्षेत्रको कटान रोक्न बृहत तटबन्धन गर्न आबश्यक देखिएको र त्यसको लागि आउदो आगामी आर्थिक बर्षमा बजेट बिनियोजनको ब्याबस्था गर्ने समेत मन्त्रीले प्रतिबद्धता जाहेर गर्नु भएको छ ।मन्त्री शाहीले कनकाई क्षेत्रको कटान रोक्न बृक्षारोपण आबश्यक देखिएको र त्यसको निम्ति मन्त्रालय अन्त्र्रगतका सम्बन्धित निकाय सित पहल कार्य अघि बढाउने बताउनु भएको छ ।कनकाई क्षेत्रको तटबन्धन निरिक्षणमा मन्त्री शाही संगै प्रदेश मन्त्री षडानन्द यादव, स्थानीय जनप्रतिनिधि राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, आर्थिक बिभाग प्रमुख, वन डिभिजन प्रमुख कनकाई सामुदायिक बनका अध्यक्ष खेमराज ओली लगायत टोली सहभागी थिए ।