बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पेट्रोलियम अन्वेषण संकलित नमुना लिएर चीन फर्कियो टोली

पेट्रोलियम अन्वेषण संकलित नमुना लिएर चीन फर्कियो टोली

  • मङ्लबार, माघ ८, २०८१
पेट्रोलियम अन्वेषण संकलित नमुना लिएर चीन फर्कियो टोली

 

काठमाडौ –  दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणको ड्रिलिङ कार्य सम्पन्न भएसँगै प्राप्त नमुना लिएर प्राविधिक विज्ञ टोली चिन फर्किएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङ कार्यबाट प्राप्त भएको नमुना लिएर विज्ञ टोली चीन फर्किएको हो ।खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना लिएर चीनको प्राविधिक टोली फर्किएको जानकारी दियका छन , उनले २७ सय मिटर ड्रिलिङ भएपछि प्रत्येक दुई÷दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण पश्चात् सङ्कलन गरिएको नमुना लिएर टोली चीन फर्किएको बताएका हुन् ।

भूगर्भविद् लुइँटेलका अनुसार विज्ञहरूले सङ्कलन गरेको दुई÷दुई मिटरको गहिराइबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययनका लागि नमुना सङ्कलन गरेर टोली चीन फर्किएको हो । पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोली मध्ये १५ जना मात्र अन्वेषण स्थान जलजलेमा रहेको र अन्य सबै चीन फर्किएका छन। अन्वेषण ड्रिलिङ कार्यबाट प्राप्त भएको स्याम्पलको विशिष्ट अध्ययन चाइनामा हुने र त्यसका लागि तीन महिनाको समय पछि मात्र उत्खननका लागि आर्थिक विश्लेषण, भण्डारण तथा प्रशोधनका काम अगाडि बढाउन सकिने वा नसकिने रिपोट आउने छ . दैलेख अन्वेषण स्थलमा पुगेका पूर्व उद्योगमन्त्री सोम प्रासाद पाण्डेले मुलुकको समृद्धिका लागि आफू सरकारमा रहँदा ठुला आयोजनाको काम अघि बढाएको जिकिर गरे । आफू मन्त्री एक प्रदेश एक औद्योगिक क्षेत्र निर्माणको अवधारणालाई अघि सारेको बताए । ‘तत्कालीन सरकारका पालामा मुलुकको विकासका लागि धेरै काम भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार