
मुगु–हिमाली गाउँपालिका बाजुरा स्थित बोल्डीक गाउकी बिमला पाण्डेयले मुगुको सर्बोदय माध्यमिक बिद्यालय सुकाढिकमा कम्प्यूटर पढेकी छन ।अघिल्लो बर्ष एसइइ परिक्षा पास गरेकी उनी कम्प्यूटर सिक्ने इच्छा राखेर दैनिक मुगुको बिद्यालयमा आएर सिकेकी हुन । कम्प्यूटर सिक्ने प्रबल चाहना भएकोले घर बाट डेढ घण्टम हिडेर बिद्यालयमा पुगेर कम्प्यूटर शिक्षा पढेको पाण्डेयले बताईन ।सुकाढिक गाउका पूर्णबहादुर बिकले पनि कम्प्यूटर सिकेका छन । उनले पनि गत अघिल्लामे बर्ष एसइइ पास गरेपछि कम्प्युटर पढेका छन ।बिद्यालयमा कम्प्यूटर शिक्षा प्रारम्भ गरे देखि दैनिक रुपमा ३८ जना बिधार्थीहरु सिक्न थालेको बिद्यालयका शिक्षक लोकेन्द्र कार्कीले बताए । बिधार्थीहरुलाई १९ महिना सम्म कम्प्यूटर बिषयमा पढाउने गरेको सुनाएतराइमा बेसिक कम्प्यूटर कोर्सको ७५ हजार लिन्छन भने हामीले यहा“ दुर्गमको हिसावले ६० हजार मात्र लिने र कम्प्यूटर बारेमा पूर्णमा ज्ञाने दिने लक्ष्य राखेको प्रधानध्यापकले सुनाए । बिद्यालयले फिस महगो निर्धारण गरेपनि बिधार्थीहरु मर्का नपरेको महसुस गरेका छन ।
कम्प्यूटर सिक्न सुर्खेत नेपालगञ्ज काठमाडौं पोखरा बुटबल जा“दा आउआउ भाडा, कोठाभाडा, खानखर्च गरि १९ महिना सम्म दुई लाख खर्च हुने र घरमै बसेर कम्प्यूटर सिक्दा ६० हजार कुनै मह“गो नभएको बिधार्थीहरुको भनाई छ ।बिधार्थीलाई कम्प्यूटर पढाउन बिद्यालयले एक जनालाई ४० हजार अर्कालाई ५० हजार तलब दिने गरि दुई जना शिक्षा र एक जना कार्यालय सहायक भर्ना गरेको गरि ब्याबस्थित रुपमा कम्प्यूटर शिक्षा अघि बढाएको छ ।दैनिक रुपमा कम्प्यूटर सिक्ने आउने बिधार्थीलाई फन्डामेन्टल, हार्डवेयर, प्रोग्रामिङ, बेसिक कम्यूनिकेसन र डाटाबेस पढाउने गरेको शिक्षक केशव रावलले जानकारी गराए खत्याड गाउ“पालिका भरि बेसिक कम्प्यूटर बिषयमा यही बिद्यालयमा पढाई सुरु भएको हुदा बिधार्थीको आक्रर्षण बढेको उनको भनाई छ ।
बिधार्थीको संख्या बृद्धि भएपछि कम्प्यूटर थप गरिने शिक्षकको भनाई छ । बिद्यालयमा अध्यायनरत मावितहका बिधार्थीहरुलाई पनि बिहान बेलुका निशुल्क कम्प्यूटर सिकाउने गरिएको छ ।आफना छोराछोरी कम्प्यूटर सिकेको हेर्न अभिभावक पनि बिद्यालय जाने गरेका छन । शहर केन्द्रीत सुबिधा गाउ“मा आएको अभिभावकको भनाई छ ।हाम्रा बुबा बाजेले प्राबिधिक शिक्षा पढन पाएनन पहिले गाउ“मा यस्तो सुबिधा थिएन अहिले हाम्रा छोराछोरी गाउ“मै कम्प्यूटर कृषि ओभरसियर पढन पाउने भए सुकाढिक गाउ“का राजबहादुर कार्कीको भनाई छ ।ब्याबस्था बदलिएपछि तराईको सुबिधा गाउ“ भित्रिन थालेको उनले भने अब तराई जानु पर्दैन सबै सुबिधा गाउ“ केन्द्रीत भइसक्योखत्याड गाउ“पालिकको महादेव मष्टा माध्यमिक बिद्यालय रातापानीमा यो चालु आर्थिक बर्ष देखि कृषि बाली बिज्ञान बिषयमा पढाई थालनी गरिएको छ । एसइइ पास भएका बिधार्थीहरुलाई घरमै बसेर प्राबिधिक शिक्षा पढन सहज होस भन्ने हिसावले बाली बिज्ञान बिषयमा पढाउन सुरु गरेपछि बिधार्थीहरुको आक्रर्षण बढन थालेको छ ।
बाली बिज्ञान बिषयमा यो बर्ष १५ जना बिधार्थी भर्ना भई पढाई सुरु गरिएको कृषि बाली बिज्ञान शाखाका संयोजक रामकृष्ण कार्कीले बताए । उक्त बिद्यालयमा तीन बर्ष अघि देखि ओभरसियर बिषयमा पनि पढाई भईरहेको यो बर्ष ओभसियर कक्षामा १२ जना बिधार्थी रहेको कार्कीले जानकारी गराए ।कृषि बाली बिज्ञानको लागि तीन बर्षे कोर्स रहेको छ । सोही बिषयमा पढन इच्छुक बिधार्थीहरु बाट प्रति ब्यक्ति डेढ लाख फिस लिने बिद्यालयले निर्णय गरेको कार्कीले सुनाए । लोकप्रिय गम्थाका बिगत २०६७ साल देखि कृषि जेटिए बिषयमा धमाधम पढाई भइरहेको छ ।
उक्र बिद्यालयमा कृषि जेटिए बिषयमा पढाई हुन थालेपछि बिभिन्न गाउ“बस्ती बाट एसइइ पास भएका बिधार्थीहरु गम्थामा गएर कृषि जेटिए पढन थालेका छनकरिव दश बर्षको अबधिमा ३ सय जना बिधार्थीले कृषि जेटिए बिषय पढेर पास हुन सफल भएको कृषि जेटिए तहका संयोजक भूपेन्द्र अधिकारीको भनाई छ । पास भएका अधिकास बिधार्थीहरु गैसस सरकारी क्षेत्रमा जागिर खान थालेका छनभने कोही लोकसेवा आयोगमा उत्रिर्ण भई स्थायी सरकारी सेवामा कार्यरत हुन थालेका छन ।यो बर्ष करिव ४० जना बिधार्थीहरु अध्यायनमा रहेको उनको भनाई छ । प्रथम बर्षमा कृषि जेटिए पढनआउने प्रति बिधार्थीलाई १० हजार त्यस पछि बढाएर १५ हजार र गत बर्ष देखि फेरि बृद्धि गरि २० हजार फिस निर्धारण गरिएको अधिकारीको भनाई छ ।
पूर्बाधार तथा शैक्षिक समाग्री अभाव र शिक्षकलाई प्रारम्भिक भत्ताको समस्या भएपछि कृषि जेटिए बिषयमा प्रभावकारी रुपमा पढाइ भइरहेको शिक्षकको भनाई छ । कालिका माध्यमिक बिद्यालय श्रीकोट बुगामा पनि तीन बर्षे भेटनरी बिषयमा पढाई सुरु गरेपछि बिधार्थी आक्रर्षित भएका छन ।ग्रामिण भेगका बिद्यालयमा प्राबिधिक बिषयमा पढाइ हुन थालेपछि बिधार्थीहरुलाई निकै सहज भएको छ । बिगत बर्षहरुमा कृषि, भेटनरी, बेसिक कम्प्यूटर, कृषि बाली बिज्ञान, ओभरसियर बिषयमा अध्यायन गर्ने जुम्ला प्राबिधिक शिक्षालय नेपालगञ्ज काठमाडौतिर जानु पर्ने बाध्यता बाट बिधार्थीले मुक्ती पाउन थालेका छन घरमै आमा बाब संग बसेर फुर्सदको समयमा गाई भैसी चराउदै युवायुवतीहरु प्राबिधिक शिक्षा उत्र्रिण गरि रोजगारमा जुट थालेका छन ।सम्पन्न परिवारका छोराछोरी मह“गो शुल्क तिरेर तराई क्षेत्रमा प्राबिधिक शिक्षा पढन गएपनि गरि बिपन्न परिवारले भने गिट्टी बालुव बोकेर ज्यालादारी काम गरेर गाउ“कै बिद्यालयमा संचालित प्राबिधिक शिक्षा पढाउन थालेको शिक्षकको भनाई छ । सोरु गाउ“पालिकाको कच्चे मँध्यमिक बिद्यालयमा गत बर्ष देखि ओभरसियर पढाई हुन थालेपछि एसइइ पास भएका बिधार्थी उक्त बिषय पढन थालेका छन ।उक्त गाउ“पालिकाको धैनकोट, रारागिलाहा, सिप, बुम्च, जिमा, लगायत बस्ती बाट बिधार्थी ओभरसियर पढन कच्चे माध्यमिक बिद्यालयमा पढन आउने गरेका छन ।