
मुगु —जिल्लाको छायाँनाथ रारा नगरपालिका–३ का हरिबहादुर रावलले प्रति बर्ष एक कित्ताको ५ रुपैयाँ वडा कार्यालयमा जग्गाको तिरो बुझाउने गरेका छन । उनले तिरेको जग्गामा एक दशक देखि राष्ट्रिय राजमार्गका दैनिक ३५भन्दा बढी सवारी साधन गुडिरहेका छन ।अर्को धनलाला तिरुवाको जग्गामा पनि सवारी साधन ओहोरो दोहोर गर्दै आएको भएपनि तिरो तिर्न बाट छुटकारा पाएका छैनन । हाम्रो नामसारी भएको जग्गामा दुनियाका गाडी चल्ने हामीले बषैपिच्छे तिरो मात्र तिर्ने तिरुवाले भने अब सरकारले हामीलाई तिरो तिरे बाफत क्षेतिपूर्ती दिनु पर्छ राष्ट्रिय सडक कर्णाली राजमार्ग अन्त्र्रगत गमगढी देखि नाग्मा सम्मको राजमार्ग भित्र पर्ने जग्गा सरकारले कित्ता कटौती गरि आफनो नाममा नामसारी गर्न नसक्दा स्थानीय बर्षै देखि राजमार्गको नाममा तिरो तिर्न बाध्य छन ।छायाँनाथ रारा नगरपालिका अन्त्र्रगत १, २, ३, ६ र ७ वडाका करिव २ सय ५० जग्गाधनीले सडकको नाममा सम्बन्धित वडा कार्यालयमा हरेक बर्ष तिरो तिर्दै आएका छन उक्त सडक क्षेत्रमा तिरुवाको ३ कित्ता र रावलको ७ कित्ता जग्गा पर्ने गरेको छ । उता हुम्ला सिंजा क्षेत्रका स्थानीयले पनि गमगढी नाग्मा सडक खण्ड अन्त्र्रगतको जग्गाको तिरो तिर्दै हैरान भएका छन ।
सडकको जग्गा सरकारले अधिकरण नगर्दा सर्बसाधारण तिरो तिर्दै सास्ती खेप्नु परेको छायाँनाथ रारा नगरपालिकाका श्रीचन्द रावलले बताए । उनले भने नत जग्गा भोकचलन गर्न पाएका छन नत तिरो तिर्न बाट मुक्ति पाएका छन ।
सडक निर्माण भएदेखि २०६९ साल देखि स्थानीयले राजमार्गको नाममा तिरो तिर्दै आएको रावलको भनाई छ । गरिव दलित न्यून आयश्रोत भएका स्थानीयलाई राजमार्गको तिरो तिर्न अर्का संग ऋण सापटी मागेर तिरो बुझाउने गरेका छन ।
नेपाली सेनाले निर्माण गरेको गमगढी नाग्मा सडक खण्ड २०६९ साल देखि संचालनमा आएको थियो । ९४ किलोमिटर गमगढी नाग्मा सडक खण्ड अहिले सम्म ब्यक्तिको नाममै सिमित छ । सरकारले सिमित सवारी साधन संचालनमा मात्र ध्यान दिएको र सडक अधिकरण नगरेको जनप्रतिनिधिको भनाई छ ।
सडक भित्र पर्ने जग्गा कित्ताकार्ट गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा जिल्ला मालपोत कार्यालय, नापी कार्यालय गरि ५ सदस्यीय समिति गठन गरिएको भएपनि कार्यन्वयन प्रकृया अघि नबढाउदा सर्बसाधारणले हरेक बर्ष राजमार्गको तिरो बुझाउदै आएका छन ।गमगढी बजार देखि पिना खोला सम्मको सडक खण्डमा दुई चार स्थानमा मात्र सडकको नाममा जग्गा कित्ताकार्ड भएको अरु पुरै सडक क्षेत्रको जग्गा ब्यक्तिको नाममै सिमित रहेको जिल्ला नापी कार्यालयले जनाएको छ ।
गमगढी बजार क्षेत्र अन्त्रर्गत रेडक्रस देखि गमगढी खानेपानी टयाक्की सम्मको राजमार्ग भित्रको करिव दुई किलोमिटर जग्गा पनि ब्यक्तिकै नाममा छन ।
सरकारले स्थानीयलाई सडकको पहुँच भित्र लैजान राजमार्ग देखि ग्रामिणस्तरका सडक धमाधम निर्माण गरेपनि नामसारीमा बेवास्ता गर्दा स्थानीयले सडक अतिक्रमण गरि घर टहरा बनाउने कामलाई तिब्रता दिएका छन । गमगढी देखि तिब्बत जोडने नाक्चेनाङला सडकको ५० प्रतिशत भुभाग पनि ब्यक्तिकै नाममा छन ।उक्त सडक क्षेत्र भित्र पर्ने जग्गाको तिरो पनि स्थानीयले वडा कार्यालयमा बुझाउदै आएका छन । नगरपालिकाको घाट, लुम्स, सालिमखोला, र मुगुम कार्मारोङ गाउँपालकाको छाइल सडक क्षेत्र ब्यक्तिकै नाममा रहेको पाइएको छ ।