शुक्रबार, बैशाख ५, २०८२
शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • हिमालमै छैन् हिउँ

हिमालमै छैन् हिउँ

  • शनिबार, माघ २६, २०८१
हिमालमै छैन् हिउँ

मुगु – मुगुम कार्मारोङ गाउँपालिका–४ किम्री गाउँका ६० बर्षिय फोन्जोक तामाङले यो पटक गाउँमा  बाक्लो हिउँ देख्न पाएनन । दुई बर्ष अघि सम्म घरको ढोका थुन्ने गरि भीषण पर्ने हिउँमा  यो पटक जमिन सेतो नहु“ने गरि हिउँमा  आएर मौसम टाढिए पछि उनले अचम्म मानेका छन । अहिले हिमालमै हिउ छैन गाउमा के आउथ्यो फोन्जोकले भने अब हिउ देख्न पनि मुश्किल हुने अबस्था आइसक्यो । यो बर्ष छायानाथ हिमालमै बाक्लो हिउ“ छैन उनको भनाई छ ।समुद्री सहत देखि करिव ४५ सय मिटर उचाइमा रहेको तीर्थस्थल छाया“नाथ हिमालमा एक फिट बाक्लो हिउ“ नभएको उनले सुनाए । कोइकी हिमाल, छायानाथ हिमाल, ऋणीमोक्ष क्षेत्रमा ७ फिट भन्दा बढी हिउ“ पर्ने गथ्र्यो भने अहिले एक २ फिट बाक्लो हिउ“ परेको छैन ।

पुस माघ महिना सम्म भीषण हिमपात हुने र जेठ देखि पग्लिन सुरु हुन थालेपछि खोलानाला कर्णाली नदीमा पानीको सहत बृद्धि हुदै जाने गथ्र्यो । छाया“नाथ हिमालमा साउन सम्म बाक्लो हिउ देखिन्थो फोन्जोक भन्छन अहिले त्यो ठाउ“मा बाक्लो हिउ“छैहिजोआज पनि त्यहा“ जान सकिन्छ दुई बर्ष अघि सम्म मुगु र जुम्लाको सिमा क्षेत्र घुच्चीलेकमा पनि ५ फिट भन्दा बढी हिउ“ पर्दा गमगढी नाग्मा सडक धेरै दिन सम्म अबरुद्ध हुने गथ्र्यो भने अहिले हिउ“ नपर्दा सवारी साधन निरन्तर ओहोर दोहोर गर्न पाएका छन ।मुगुम कार्मारोङ गाउ“पालिलकाको उच्च हिमाली बस्ती मुगु, चितै, डोल्फू, किम्रीमा भीषण हिमपातले जनजीवन अस्तब्यस्त पार्ने भएकोले त्यहा“का स्थानीय हिउ छल्न बेशी झर्ने गर्थे भने अहिले उक्त गाउ“मै एक फिट बाक्लो हिउ“ परेको छैन हिउ“ हिमालमै रोकियो गाउ“मा आउन सकेन डोल्फू गाउ“ कार्माफुण्डुक तामाङले सुनाए ।  उनका अनुसार हिमालमा भीषण हिमपात हुदा जंगलका जनावार जोगिन गाउ“मै आउथे अहिले हिउ“ पनि आएन जनावर पनि आएनन
यो बर्ष हिउ“ नआउदा कार्मारोङबासीलाई पीर लागेको छ । पाखोबारीको जौ उवाको सुबिकाल पाटन क्षेत्रको यार्सा र बन जंगलको जडिबुटी उत्पादन नहु“ने भन्दै स्थानीय चिन्तित छन । जलवायू परिवर्तनले कुनै बर्ष धेरै हिउ  पर्ने र कुनै बर्ष खडेरी पर्ने गरेको मुगुम कार्मारोङ पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ । हिउ“ले सेताम्य देखिने अग्ला हिमाल सुक्खा देखिन थालेको उनको भनाई छ । उनले भने जलवायू अनुकुलको असर मौसम फेरबदल हुन थालेपछि त्यसको मारमा स्थानीय छन ।  बन क्षेत्रमा आगलागीले गर्दा भू–गर्भमा तापक्रम बृद्धि भई हिमपात बर्षा न्यून हुन थालेको स्थानीयको भनाई छ बाहैमास हिउ“ले सेताम्य देखि बझाङको साइपाल हिमाल क्षेत्रमा पनि यो बर्ष बाक्लो हिउ“ छैन । उक्त क्षेत्रमा बाहैमास बाक्लो हिउ“ देखिन्थ्यो भने अहिले पालतो ढुंगा नछोपेको हिउ“ देखिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार