
मुगु नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति मुगु धर्मेन्द्रबहादुर शाहिको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। मंगलबारदेखि सुरू भएको नवौं जिल्ला अधिवेशन मंगलबार राति ११ बजेसम्म सञ्चालन भई सम्पन्न भएको हो।अधिवेशनमा स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका युनियनमा आवद्ध निजामती कर्मचारीहरूले धर्मेन्द्र बहादुर शाहीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएका छन्। साथै, ६ जना महाधिवेशन प्रतिनिधि र ५ जना प्रदेश प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन भएका छन्।खुला सदस्यमा भने वेनी बहादुर खड्का, गौरीकान्त चौलागाईं, जित बहादुर मल्ल, महेश महत, मन बहादुर बुढा छन्। महिला सदस्यमा सुमित्रा रावल र तिला देवी शाही रहेका छन्।समावेशी सदस्यमा धन बहादुर विटालु र केआइसिङ्ग मल्ल चयन भएका छन् भने श्रेणीविहीन सदस्यमा डिल बहादुर भाम र गोर्खजङ्ग शाही छन्। एक सदस्य मनोनयन गर्न बाँकी रहेको छ।
महाधिवेशन प्रतिनिधिमा पशुपति शाही, दीपक बहादुर शाही, तिर्थराज शाही, धनराज कार्की, विश्वास उपाध्याय र रेशम बहादुर रावल रहेका छन्। प्रदेश प्रतिनिधिमा कुशल खड्का, गणेश बहादुर सेजुवाल, नन्द कुमार विष्ट, विक्रम शाही र रन बहादुर रोकाया निर्वाचित भएका छन्।अधिवेशन युनियनका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर सेजुवालको रोहबरमा सम्पन्न भएको थियो। युनियनका तत्कालीन अध्यक्ष पशुपति शाहीले अधिवेशनको अध्यक्षता गरेका थिए।