बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रारा गाउँको कथा

रारा गाउँको कथा

  • शनिबार, फाल्गुन ३, २०८१
रारा गाउँको कथा

हामी उठी बाइजान लाग्यौ बसेइ है रारा ताल, आउदैरहुला जादैरहुला नर्बिसिनु मायाजाल ।।

बिस २०३२ सालमा सरकारले रारा ताल नजिक पुख्र्यौली देखि बसोबास गर्दै आएका राराका ठकुरी र छाप्रु गाउका क्षेत्रिहरुलाई बिस २०३५ सालको मंसिरमा सरकारले यहा बाट उठाएर बा“के जिल्लाको मोतीपूरतिर पठाउने बेला भाबुक हुदै छोरीचेली महिलाले जन्मथला छोडदा गाएको देउडा गीत अहिले पनि मलाई झलझली याद आइरहन्छ ।बिस २०३२ सालमा सरकारले रारालाई राष्ट्रिय निकुञ्ज क्षेत्र घोषण गरेपछि २०३५ साल सरकारले हामीलाई बस्ती छोड्न उर्दी जारी गरेपछि छाप्रु र रारा गाउका करिव डेढ सय परिवारले गाउ“ छोडनु पर्ने अबस्था आयो । मुर्मा गाउ“का स्थानीयलाई उठाइएन ।
गाउँमा खैलाबैला मच्चियो । जग्गा जमिन देवि देउताका मन्दिर फलफूलका रुख पानी पधेरो छोडेर भारी बोकेर हिडनु पर्ने अबस्था आएपनि बुढापाका महिलाहरु रोए छाप्रु गाउ“को महादेवको झा“क्री पतुरेर(का“पेर) नजाउहे मछदैछु भन्यो आखिर बस्ती छोडेर हिडनु पर्ने अबस्था आएपछि मलाई पनि लैजाउ हे मष्टा देउताले भन्यो । घर छोडेर बाके मोतीपूर तर्फ लाग्यौं ।पैसा हुने मान्छे जुम्ला बाट जहाज चढेर गए गरिव निमूखाहरु पिठियूमा भारी बोकेर अगाडी गाई भैसी छिउक्याउदै कोही जुम्ला सिजा हुदै कालिकोट महा“बु लेक काटेर दैलेख भएर मोतीपूर पुगे त कोही बाजुरा अछाम हुदै बा“के मोतीपूर झरे । बस्ती उठाएर तराई पठाउदा खेरी सरकारले भाडा भनेर प्रति ब्यक्ति १ सय रुपैया“ हातमा थमाएको थियो ।

रारामा चिसो धेरै हुने भएकोले उनीका बाक्लो लुगा लगाएका मान्छे एकै चोटी तालु पोल्ने घाम भएको मोतीपूर पुग्दा टिक्न मुश्किल भयो । औलो लागेर धेरै मान्छे बालबालिका मरे । दुई चार बर्ष सम्म मोतीपुरको गर्मीका कहाली लाग्दै दिन बिताउनु प¥यो ।
घर थिएनन खाली जग्गामा पाल टा“केर बस्नु पर्दा सर्प भ्यागुत्ता गडौला लामखुट्टेले हैरान दिए । पछि फेरी सरकारले हामीलाई मोतीपूर बाट उठाएर बा“केको चिसपानी गा“वर ल्याएर राख्यो कोही गर्मीले बस्न नसकेर भागेर पहाड तर्फ गए । बिस २०३५ साल रारा गाउ“कै राजबहादुर शाह गृह सहायक राज्य मन्त्री थिए उहा“ले गर्दा गा“भर चिसापानीमा बसेका राराबासीलाई केही सहज भयो ।गृह सहायक मन्त्री बेला बखत आफै गा“भर पुगेर आफना दाभुभाई दिदी बहिनीको सुख दुःख अनुभव सुन्न जानु हुन्थ्यो । निरबिक्रम शाह गाउ“का प्रमुख हुनुहुन्थ्यो उहा“ले पनि सरकार समक्ष बिन्तीपत्र चढाए थप सेवा सुबिधा बृद्धि हुदै गयो

रहनसहन
रारा, छाप्रु र मुर्मा गरि तीन गाउ“को बस्ती हो रारामा । गुमडाडा(गमगढी बाट दुई घण्टा उकालो हिडेपछि छाप्रु गाउँ भेटिन्थो भने खत्याड खोला बाट आउदा पहिले मुर्मा र रारा देखिने गथ्र्यो । रारा गाउ“मा १८ घरधुरी ठकुरीहरुको बसोबास थियो भने मुर्मा र छाप्रुमा क्षेत्री रावल, बुढा, रोकाया, कार्कीहरुको बसोबास थियो ।
मुर्मा र छाप्रु गरि करिव ६० घरधुरी थिए । मुर्मा गाउ“ ताल भन्दा एक घण्टा पर पर्छ र रारा र छाप्रु गाउ“ त तालको किनारमै थिए । बाक्लो हिउ पर्ने चिसो भइरहने हुदा काठ, ढुंगा र माटोको लिपपोत गरेका घर थिए र त्यस्तै खालमा बनाउनु पर्ने बँध्यता पनि थियो
चिसो भित्र नजाओस भनेर ढोका र झयाल सानै आकारमा बनाउनु पथ्र्यो । हाम्रो रारामा ग्रीष्मकालिन बसाई हुन्थ्यो । चैत महिना देखि कार्तिक सम्म राराका घरमा बस्ने र कार्तिक देखि फागुन सम्म औलबस्तीतिर झनु पर्ने बँध्यता थियो । ढोका थुन्ने गरि हिउ पर्दा रारामा हिउदको समयमा बस्न सकिदैन थियो ठकुरीहरुको औलबस्ती भनेको खत्याड गम्था तलिबर, रारा गिलाहा नुबाकोट, कालै थियौ हिउद कटाउन त्यही जान्थ्यौ ।
छाप्रुका क्षेत्रीहरु कोही, रुम, कोही, झयारी पिना, कार्कीबाडा, निगाल बोट तिर गएर हिउद कटाउथे । हिउदको बेला छाप्रु रारा गाउ“ सुनसान हुन्थो गाउ“मा दुई चार जना मात्र बस्थे । पुस, माघ, फागुन महिना सम्म हिउले गाउ“ सेताम्यै हुन्थ्यो । चैत देखि कार्तिक महिना सम्म गाउ“मा रमाइलो हुन्थ्यो गाउ“भरि मान्छे चौपाय बस्तु खेतबारी अन्न बाली फलफुलले गर्दा सुन्दर देखिन्थ्यो ।
हाम्रो औलबस्तीमा धान, गहु“, कोदो, कागुनो, खुर्सानी, फल्यो । अग्लो र चिसो भएकोले रारामा सिमि, आलु, फापर फल्यो । चुली, आरु, ओखर पनि फल्यो रारा क्षेत्रमा डटेलो प्रसस्तै फल्ने जेठ असारमा डटेलोको फल, टिपेर महिलाले तेल निकाल्ने काम गर्थे । ओखर चुलीको पनि तेल निकालेर खाने शरिरमा दल्ने गथ्र्यौ ।औलतिरको अन्न र लेकतिरको अन्न गरेर बर्षभरि ठिकठिकै खान पुग्थ्यो । आफनो जग्गाको उत्पादनले नपुग्ने कोही जुम्ला सिजा, खत्याड बाट अनाज किनेर ल्याएर खान्थे । तर भोकमरीले सारै दुःख खेप्नु पर्ने अबस्था आउदैन थियो । गाई, भैसी, घोडा, भेडाबाख्रा धेरै पाल्ने रारामा चरिचरन क्षेत्र राम्रो भएकोले सबै घरमा चौपायको संख्या बाक्लो थियो । एक घरमा बाख्रा र भेडा ४० देखि ६० को संख्या हुन्थ्यो बाख्रा र भेडाको उन बाट राडीपाखी, लिउ फेरुवा बनाएर केही बेच्ने र केही घरमा ओढओछ्यायनको लागि प्रयोग गथ्यौं ।
राराका शाह ठकुरी परिवार भन्दा क्षेत्रीको घरमा धेरै पशु चौपायको संख्या हुन्थ्यो । असार साउनमा चुचुमारे, मालिकालेक, र मुर्माटप तिर चराउन लैजाने भने हिउदमा राराको चिसोले गर्दा पशु चौपाय ल्याएर औलतिर झर्थे ।
माघ, फागुन, बैशाख, असोजमा रारा, मुर्मा, छाप्रु गाउ“का स्थानीय बिबाह ब्रतबन्ध गर्ने गाउ“ले दाजुभाईलाई निम्ति गरेर बतेर खुवाउने गर्थे । गर्मी समयमा तालमा नुहाउने कपाडा धुने भैसी आहाल बस्थे । ताल नजिकै गाउ“ भएपनि दुर्घटना केही भएको रेर्कड छैन ।
कुनै मान्छे तालमा डुबेर मृत्यू भएन । चैत बैशाखमा ताल वरिपरि लालीगुरा“स ढकमक्क फुलेर सारै रमाइलो देखिने फूलको रस चुस्न चराहरु लुछाचुडी गर्ने । रारा क्षेत्रमा बन जंगल पहिले देखि नै घना थियो । गुरा“स, सल्लो, बा“झ, धुपी, निगालो, पिपलका रुखहरु बाक्लै थिए ।
पारि मिलिचौर, मालिकालेक, मुर्माकोटमा चैत बैशाखमा लेकाली का“फले पाकेर रातै हुने हाम्री छोरीचेली गाई चराउन जा“दा टिपेर ल्याउने बेलुका सबै परिवारले बा“डेर खान्थ्यौं । जेठ असारमा कालो ऐसेलु, तिलखुरा, गयालो नामको फल पाकेर रातै हुने दिउसो खान जान्थ्यौ ।
रारामा माघ, फागुनमा पलाउने लेकाली सिस्नो सारै स्वादीलो, एक महिना सम्म त्यही सिस्नो खादै रमाउथेयौं बिस २०३२ साल अघि सम्म तालमा असला माछा प्रसस्तै थिए । ताल वारिपारि बाट आएका खोलाहरुमा माछाहरु उक्लिने हामीले समातेर खान्थ्यौं ।
पहिले ताल वारिपारि चारैतिर बाट बगेर आउने साना देखि ठूला खोलाको संख्या डेढ सय भन्दा बढी थिए । हिउद हिउ पग्लेर बर्खामा पानी परेर खोलाहरु आएर तालमा मिसिने गर्थे । ३२ साल अघि सम्म खोलानालाले गर्दा तालको सतह माथि सम्म थियो ।
बा“के गाबर झरी सकेपछि बर्षको एक चोटी रारा जाने गर्थौ । दुई तीन बर्ष सम्म रारामा हाम्रा घरहरु उस्तै देखिन्थे पछि बर्खाको झरी र हिउदको हिउले गर्दा घरहरुमा पानी चुहिदै जा“दा बिस्तारै घर भत्किदै गए । भत्किएको बस्ती देखेपछि हाम्रा आ“खा बाट आ“सु नै झरर्थो । गाउ“ भत्किदै गएपछि त्यहा“ जान पनि मन खिन्न हुन थाल्यो । रारा नगएको आठ दश बर्ष जति नै भइसक्यो ।
बा“के झरेको चार पा“च बर्ष सम्म सारै दुःख पाइयो गर्मीले धेरै रोगको सिकार बन्नु प¥यो बिस्तारै बस्ती ब्याबस्थित हुदै गएपछि आएको राम्रै भयो जस्तो महसुस भइराखेको छ । खडेरीले खोलानाला सुक्दै जा“दा रारा तालको सतह पनि घटदै तल गयो बिस २०२० सालमा राजा महेन्द्रको सवारी रारा हुने खबर आयो ।
त्यति बेला ताल वरिपरि घुम्ने बाटो थिएन । राजालाई ताल वरिपरि घुम्न सजिलो होस भन्ने हिसावले रारा, छाप्रु, मुर्मा गाउ“का स्थानीय जुटेर करिव दुई महिना सम्म निशुल्क ताल वरिपरि बाटो काटयौ । पछि राजा आएर त्यही बाटो हिडदै ताल हेर माछा देखेर हा“से । अहिले त्यही बाटो प्रयोग भइरहेको छ ।
प्रसासनिक काम
प्रशासनिक कामकाज गर्न दुई तीन दिन हिडेर जुम्ला खलंगा पुग्नु पथ्र्यो । हिउदमा हिमपातले गर्दा घुच्चीलेक, डा“फेलेक काटेर जुम्ला पुग्न सारै कठिन हुन्थ्यो । रारामा कुनै सरकारी अडडा अफिस थिएनन ।पिना गाउ“मा हुलाका अफिस थियो चिठीपत्र ल्याउन पठाउन त्यही जानु पथ्र्यो । नागरिकता बनाउन जग्गाको तिरो तिर्न जग्गा रजिष्टेशन गर्न कित्ता कार्ड गर्न जुम्ला नै पुग्नु पर्ने बाध्यता थियो । हाम्रा राराका ठकुरी बर्गका शाहले रुघा, थार्प, बाम, निगाले, आ“सिधारा, कार्कीबाडा, पिना लगायत गाउ“बस्तीको जग्गाको तिरो उठाउने जिम्मा पाएका थियौं हरेक बर्ष सोही गाउ“मा गएर स्थानीय सित जग्गाको तिरो उठाएर जुम्ला मालपोत कार्यालयमा बुझाउने जान्थ्यौं ।उति बेला पैसा नहुने ध्यू, चामल, मास, तिरोको रुपमा उठाउनु पथ्र्यो । बिस २०२३ सालमा रारामै रारा राष्ट्रिय स्कुल स्थापना भयो । मुर्मा रारा, छाप्रु, कार्कीबाडा, छत्यालबाडा, भामबाडा गाउ“का त्यही पढन आउन थाले । पढेर शिक्षित हुनु पर्छ भन्ने सोच त थिएर हाजिर लगाउनु पर्छ भन्ने सोच लिएर रारा स्कुल आउथे कहिले काही पालो गरेर पनि स्कुल आउने गर्थे ।
उहीले पढने कापी किताव कमल थिएनन काठको पातलो फल्याक बनाएर त्यसमा तेल हाल्ने अनि खरानी छर्केर क, ख, ग लेख्ने गथ्र्यौ । औषधिको त सेता टाटा समेत देख्न नपाइने ज्वरो आयो टाउको दुख्यो, झाडापखाला लँग्यो भने जंगलतिर गएर तितो नामको जडिबुटी ल्याएर पकाएर खान्थ्यौं । दाउरा धुवा“ले आखा“ पाके चिल्याउने रोग लाग्यो भने जडिबुटी ल्याएर घोटेर रस आ“खामा लगाउने गर्थे ।
राराको जंगल भित्र धेरै कटुकी, चिराइतो, भोल्ते, सुगन्धवाल, जटामासी, लगायत धेरै जडिबुटी पाइन्थ्यो त्यही जडिबुटी खाएर बा“च्नु पर्ने अबस्था थियो कडा रोग लाग्यो भने महादेव देवता हेराउने गर्थौं । देउता जे भन्यो त्यही भाकल गरेपनि बिरामीलाई सञ्चो पनि हुन्थ्यो । देवि देउताको भरभरोसाले प्राण बचाउनु पर्ने अबस्था थियो ।
बन्यजन्तु र पंक्षि
त्यति बेला रारा क्षेत्र वरपरको जंगल बनपाखा क्षेत्रमा चरा र बन्यजन्तु प्रसस्तै देखिन्थे । हामीले बारीमा लगाएको आलु, गहु“ र फलफूलहरु बन्यजन्तु बाट जोगाउन मुश्किल हुन्थ्यो । बा“दर र बदेलको बथान धेरै देखिन्थे ।
गुना, घोरल, झारल कस्तुरीहरु पनि धेरै मात्रमा थिए । चुचुमारेलेक, मालिकालेक बाट बथान बथान गरेर बेलुकापक्ष दर्गुदै रारा तालमा पानी पिउन आउने सूर्यअस्तयको बेला बन्यजन्तु तालमा पानी पिउदै गरेको दृष्य हेर्न हामी लुकेर ताल नजिकै जाने गथ्र्यौ बाक्लो हिउ परेको बेला हिउमा बन्यजन्तु डुबेर मरेको देखिन्थे ।
जंगलमा कालो भालु, हिउचितुवा बाट भेडाबाख्रा गाई भैसी जोगाउन कठिन हुन्थ्यो । हिउ परेको बेला बन्यजन्तु गोठभित्र आउने । बिभिन्न प्रजातिका साना देखि ठूला रंगीबिरंगी चराहरु पनि प्रसस्तै देखिन्थे ।
चैत बैशाखतिर च्याखुरा, कालिजले त हाम्रै जग्गाको छेउछाउ आलीतिर गुड लगाएको फूल पारेको चल्ला निकालेको भेटिन्थे । तिनीहरुको चल्ला छोपेर ल्याउने र घर पाल्ने गथ्र्यौ । बन जंगलमा घा“स दाउरा ल्याउन जा“दा डा“फेहरु धेरै भेटिन्थे । चीर, तिथ्र्रा, फगरा“स नामका चराहरु पनि उत्तिकै भेटिन्थे ।हिउदमा मानसरोवर बाट हा“सका बथानका बथान उठेर रारामा आउने गर्थे । रैथाने चरा बाहिर बाट आएका पाहुना चराले रारमा निकै रमाइलो देखिन्थो । फागुन लागेपछि रारा आएका हा“सहरु उडेर मानसरोवर तर्फ जान तयारी गर्थे । एकै चोटी उडेर जान नसक्ने भएको दिनदिनै उडन परिक्षण गर्थे ।परिक्षण गरेको एक दुई हप्ता पछि रारामा बाहिर बाट आएका हा“सहरु देखिदैनथे । सबै उठेर मानरोवर तर्फ जान्थे । रारामा २०३२ साल अघि सम्म पनि हिडेर बिदेशी पर्यटक फा“टफुट आउने एक दुई दिन घुमेर फर्किन्थे । एक जना बिदेशी ६ महिना सम्म रारामै बसेर त्यहा“को अध्यायन गरेर गएको मलाई त थाहा तर नाम र देशी बिर्सिहाले ।
धार्मिक कुरा
बिस २०२४ सालमा छाप्रु गाउ“का एक किसानले बारीमा हलो जोत्ने बेला ३० वटा ठूला शंख र एक त्रिशुल फेला पारेको इतिहास छ । अर्कोतिर ठकुर ज्यू महादेवले लात्ती हानेर पश्चिम खत्याड खोला बनेको किबदन्ती पनि छ ।
पूर्बतिर फर्केका त्रिबेणी, नदीखोला बगर, ताल तलाउ दहलाई धर्म सा“स्कृतिको हिसावले बढी महत्व राख्ने गर्छन । रारा पश्चिमतिर फर्केको हुदा सिमित ताल दहकै रुपमा गण्ना हुने गरेको छ । रारा तालको पुर्बतिर अग्लो सिरानीमा छाया“नाथ तिर्थस्थल रहेको छ
छाप्रु, मुर्मा, र राराका तीन गाउ“ले हामी महादेब र मष्टो देवता मान्ने गथ्र्यौ । बिशेष गरेर हामी शाहले मष्टो मान्ने र अरु क्षेत्रीहरुले महादेव मान्थे तर हामी पनि महादेवलाई पूजाआज र ग्रहदशा हेराइकोराई गथ्र्यौ ।
बैशाख साउन शुक्ल पूर्णीमामा रारामा मष्टो देवताको पुजा लगाउथेयौ । कार्तिक बिजय पूर्णी साउन पूर्णीमामा पनि महादेवको पुजापाठ गर्ने धामी, झा“क्री नाच्ने गथ्र्ये । रारामा महादेवको पुजाआज गर्न कार्कीबाडा, भामबाडा, श्रीनगर, रुगा लगायत गाउ“का मान्छेहरु पनि आउने गर्थे । प्रशिद्ध थार्प मष्टो पनि हामी शाह जातिले मान्ने गरेका थियौ । हामीले झा“क्रीलाई मथेरो नदिए सम्म झा“क्रीको अबतार नै हुदैन थियो । तल औलतिरका देवताहरु पनि मान्न जाने गर्थौ ।
बिशेष गरेर रारा रुम गाउ“को प्रशिद्ध बिजई देवता, कालै गाउ“को गोरुगउले देवता पनि हामी पूर्णीमा दिनमा पुजापाठ भेटी दक्षिण चढाउने जाने गर्यौ । बिबाह ब्रतबन्ध गर्दा महादेव र मष्टो देवतालाई सा“क्षीको रुपमा राखेर अर्थात देवताकै भरमा लगन गाठो गरिन्थो ।
निकुञ्ज पछि रारा
बिस २०३२ सालमा रारामा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएपछि राराको पुरानो रुप फेरिदै गयो । राराको रुप पहिलेकै राम्रो थियो अहिले त कुरुप बन्दै गएको छ ।
पहिले रारा स्थानीयको अधिनमा थियो भने अहिले रारा सरकारको अधिनमा छन । बिकासको नाममा रारा बिनास हुदै गएको छ । सडक देखि घोडेटो बाटो रारामा जोडिदा मानविय चहपहल बढदै जा“दा ताल वरिपरि फोहोर बढदै गएको छ ।
शहरी क्षेत्रका पलाष्टीक थैला, चाउचाउका पाकेट, मदिराका बोतलहरु छरपष्ट देखिन थालेका छन । तालको छेउछाउमै मोटर साइकल, साइकल लिन थालेपछि बाताबरणीय प्रदुषण बृद्धि हुदै गएको छ । रारामा सभा सम्मेलनको नाममा सरकारी निकायको मन्त्री भीआइपी ब्यक्तिहरु रारा घुम्ने निहु“मा हेलिकप्टर ताल नजिकै बसाल्न थालेपछि बन्यजन्तु देखि चराहरु असर पर्दै गएको छ ।जलबायू परिर्वनको प्रभावले गर्दा बिगत बर्षको तुलनामा बन्यजन्तु असला माछा चराहरुको संख्या घटदै गएको छ । बिगत बर्षहरुमा जस्तै राराको जंगल क्षेत्रमा बन्यजन्तु चराहरु प्राय कम देखिन थालेका छन ।

सरकारले यो बिषयमा चासो लिएको छैन । निकुञ्ज नियम लागु गरेपछि रारा ताल वरिपरिका स्थानीयलाई चौपाय बस्तु चराउन काठ दाउरा ल्याउन मुश्किल भएको छ । पूर्जी गर्दा पनि प्रयाप्त मात्र काठ दाउरा उपभोग गर्न नपाउदा स्थानीय पिडित देखिएका छन रारा मध्यवती क्षेत्र भित्रका स्थानीयलाई घर बनाउदा काठको सारै दुःख खेप्नु पर्ने अबस्था देखिएको छ । अर्कोतिर पहाड बाट रारा तालमा सिमिने स–साना खोलाहरु सुकेर खहरे खोलामा परिणत भएका छन ।
बिस २०७२ साल देखि रारामा आन्तरिक पर्यटकको निकै चाप बढन थालेको छ । हरेक बर्ष रारामा १० देखि ११ हजार सम्म आन्तरिक पर्यटक रारामा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।रारामा आन्तरिक पर्यटक आउने थालेपछि मुर्मा, पिना, झयारी, तलितुम गाउ“का स्थानीयले घोडा ब्याबसाय संचालन गरि आर्थिक कमाउन थालेका छन । आन्तरिक तथा बाहय पर्यटकलाई लक्षित गरि रारा मुर्माकोटमा १ अरब १० करोडमा रारा रिर्सोट निर्माण कार्यको शिलान्यास गरिएको । उक्त रिर्सोटको शिलान्यास नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले गर्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार