बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा अध्यादेश पारित गर्ने सहमति

सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा अध्यादेश पारित गर्ने सहमति

  • शनिबार, फाल्गुन ३, २०८१
सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा अध्यादेश पारित गर्ने सहमति

काठमाडौं –  बालुवाटारमा बसेको सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको श्रोतले जनाएको छ । बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले जानकारी गराउनु भयो । उहाका अनुसार ‘छलफल सरकारात्मक रुपमा अगाडि बढेर निष्कर्षमा पुगेका छौं।सत्ता गठबन्धनसँग बहुमत पुग्नेगरी छलफल भएको गृहमन्त्री लेखकको भनाई छ । लोसपा अध्यक्ष महन्थ ठाकुर आफैं बैठकमा सहभागी भएको र जसपा नेपालसँग पनि कुरा भएर अध्यादेश अघि बढाउने सहमति भएको बताउनु भयो र भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार