बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दाउरा ल्याउन १२ घण्टा पानी भर्न २ घण्टा

दाउरा ल्याउन १२ घण्टा पानी भर्न २ घण्टा

  • मङ्लबार, फाल्गुन ६, २०८१
दाउरा ल्याउन १२ घण्टा पानी भर्न २ घण्टा

मुगु —जिल्ला स्थित सोरु गाउँपालिका–३ की भीई गाउँकी जानसरा कुमाललाई अझै सुखका दिन फेरिएका छैनन ।बाल्यकाल देखि अहिले सम्म उनलाई चुल्होमा बाल्ने दाउरा र पिउने पानीको चिन्ताले दिन बिताउनु परेको छ । एक भारी दाउरा ल्याउन १२ घण्टा(एक दिन) हिडेर नार्थपु गैरीपाल्त, पातीहाल्न पुग्नु पर्ने र एक गाग्री पानी भर्न दुई घण्टा पालो कुर्नु पर्ने अबस्थाले गर्दा जानसरालाई दुःखैदुःखमा जीवन बिताउनु पर्ने अबस्था छ ।

एक भारी दाउरा खोज्न एक दिन लाग्छ एक गाग्री पानी भर्न दुई घण्टा पालो कुर्नु पर्छ जानसराले भनिन हाम्रा दिन उहीले देखि अहिले सम्म दुःखैदुःखमा बिते ।यो दुःख सिमित जानसरालाई मात्र नभएर भामगाउँ, भीतगाउँ, काटीगाउँ, बैनागाउँ, कासेडी लगायत ८ गाउँका २ सय ७७ परिवारलाई यस्तै बिकराल दुःख भोग्नु पर्ने अबस्था छ ।पहिले भीई गाउँका महिला पुरुष एक भारी दाउरा खोज्न एक घण्टा समय लाग्ने गथ्र्यो भने अहिले दाउरा भएको बनमा पुग्न चार घण्टा र्फिर्कन पुन चार घण्टा र दुई घण्टा दाउरा खोज्न गरि १२ घण्टा (एक दिन) सयम लाग्ने गरेको छ ।मानव बस्ती बाग्लिदै गएपछि गाउँ भन्दा वरपर तलमाथि दाउरा पाउन मुश्किल हुन थालेपछि भीई गाउँकी महिला बिहानै उज्यालो हुदा बित्तिकै कम्मरमा रोटी पिठिँयूमा बन्चरो र डोको बोकेर पातीहाल्ना, गैरीपाल्त, झयारीलेक पुगेर एक भारी दाउरा ल्याउन बाध्य भएका छन ।

अन्नबालीको भन्दा हामीलाई दाउराको दुःख छ भीई गाउँकी इश्वरा धामीले बताइन ग्याँस किन्ने बजार छैन दाउरा ल्याउने जंगल छैन उनले भनिन दुःखैदःख सहेर गाउँमा बस्नु परेको छ ।
एक दिन हिडेर पनि एक भारी दाउरा पाउन मुश्किल अबस्था हुन थालेको उनको भनाई छ । उही प्रसस्तै दाउरा पाइन्थे अहिले खडेरीले बन फडानीले गर्दा बन जंगल नासिदै गएपछि दाउरा भीईका स्यानीयलाई दाउराको संकट खेप्नु परेको छ ।
करिव १५ बर्ष अघि आइएनएफ नेपाल संस्थाले ९ किलोमिटर टाढा अडिनामुहान बाट पाइपद्धारा पानी गाउँमा पु¥याउदा भीई गाउँका स्थानीयलाई पिउने पानीको केही सहज थियो भने गत असोजको भीषण बर्षाले उक्त खानेपानी तहसनहस पारेपछि फेरि पिउने पानीको बिकराल अबस्था उत्पन्न भएको छ ।फेरि २ सय ७७ परिवार कुवाको धमिलो पानी पिउन बाध्य छन । कुवामा एक गाग्री पानी पर्न दुई घण्टा पालो कुर्नु पर्ने अबस्थाले महिला पुरुष निकै चिन्तित छन ।

चैत बैशाख गर्मीयाममा उहि कुवाको पानी पनि सक्दै गएपछि पानी भर्न रातभर जागारा बस्नु परेको स्थानीयको भनाई छ यहाँ न पिउने पानी छ न बाल्ने दाउरा भीइ गाउँका अगुवा दलबीर कार्कीले यस्तो दुःखकष्ट सहन नसकेर धेरै जना गाउँ बाट बिस्थापित भइसके ।एक दिन टाढा बाट दाउरा बोक्तै महिलाको ज्यान सुकेको कार्कीले भने कित गाउँ छोडेर भाग्नु प¥यो कि यस्तै दुःखकष्ट गरेर दिन बिताउनु प¥यो । पुरुष भन्दा महिलालाई बढी दाउराको पिडा छन ।भीई गाउँमा पुरुषले भन्दा महिलालाई दाउरा खोज्ने बनतिर पठाउने चलनले गर्दा महिला धेरैलाई दुःख सहन बाध्य छन ।एक दिन टाढा बाट ल्याएको एक भारी दाउराले एक हप्ता पनि नपुग्ने र प्राय दिन बिराएर दाउरा खोज्न जानु पर्ने अबस्थाले गर्दा महिलालाई सुकेनास रोग पाठेघरको समस्या भोग्नु परेको छ ।
दाउराकै जोखिमले गर्दा भीई गाउँका दुई दर्जन भन्दा बढी महिला पाठेघर आङखस्ने रोग बाट पिडित अबस्थामा देखिएको महिला स्वास्थ्य स्वयमसेबिका सिपकला बुमीले बताइन

यो गाउँको खानेपानी बर्षातले तहसनहस पारेपछि २ सय ७७ परिवारलाई खानेपानी दुःख भोग्नु परेको कार्कीले सुनाए । दुःख सहन नसकेर भीई गाउँ बाट एक दर्जन भन्दा बढी परिवारले बस्ती छोडेर शहरतिर पसेका छन ।कोही नेपालगञ्ज कोही धनगढी त कोही सुर्खेत झरेर ज्यालादारी गरेर दिन बिताउन थालेका छन ।केही बर्ष अघि सम्म भीई गाउँका बिधार्थीहरु माध्यमिकतहको अध्यायन गर्न एक दिन टाढा नार्थपु जनज्योति माध्यमिक बिद्यालयमा पुग्ने गर्ने भने अहिले भीई गाउँमै माध्यमिक बिद्यालय स्थापना भएपछि बिधार्थीलाई अध्यायनमा सहज भएको छ ।भीइका स्थानीयलाई खानेपानी र दाउराको अति दुःख छ भीई गाउँकै वडाअध्यक्ष सिंहबहादुर धामी भन्छन सोलार प्रबिधि मार्फत तल कर्णाली नदीको पानी गाउँमा ल्याउने सोच थियो तर वडाको थोरै बजेटले नधान्ने भयो
दाउराको सहजको निम्ति वडाको बजेटले ग्याँस चुल्हो सिलिण्डर बितरण गरौ भने पनि नपुग्ने यो अबस्थाले गर्दा यहाँका स्थानीयलाई दुःखको सम्बोधन गर्न गाह्रो छ

चर्चामा

सम्बन्धित समाचार