
मुगु सोरुकोट – सयौ बर्ष देखि टेलिफोन तथा इन्टरनेटको समस्या खेपी रहेका हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिका र मुगुको दुगृम सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि स्थानीयबासीको मुहारमा खशीयाली छाएको छ ।बिस २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौं र पोखराबाट फोरजी सेवा सुरुवात गरेको जनाइएको छ ।पालिकास्तरका वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरिरहेका कर्मचारी स्थानीय सर्बसाधारण अहिले घर आगनमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताउनु भयो ।
दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिका सहित बाजुरा र मुगु आसपासका सबै गाउँबस्ती फोरजी सेवा सञ्चालन भएको नेपाल टेलिकमको कार्यालयले जनाएको छ । गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले बिकासको महसुस गर्नुका साथै स्थानीयतहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । लामो समय देखि काम अघि बढने नसकेको धेरै प्रयास र पहलले गर्दा सोरु लामाकादमा फोरजी इन्टरनेट सेवा संचालन गर्न सफल भएको उहाको भनाई छदुर्गम गाउमा इन्टरनेट सेवा बिस्तार हुदा कर्मचारी बिधार्थीहरु स्थानीयखुशी भएको अदानचुली गाउपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले भने अब दुर्गम बस्तीका स्थानीय संसारमा जोडिन सफल भएका छन ।सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आफनो सामाजिक सञ्जाल मार्फत आजबाट आफ्नो गाउँपालिकाको केन्द्र नजिकै रहेको लामाकाँधमा राखिएको ‘फोरजीको टावर सञ्चालनमा आएको र यसले गाउँपालिका भित्रका कुन कुन बस्तीमा यसले काम गरेको छ भन्ने बारेमा जानकारी दिन सबैलाई अनुरोध गरेका छन् ।
फोरजी सेवा बिस्तारले स्थानीयको मनमा खुशी छाएको उहाको भनाई छ ।फोरजी सेवा विस्तारले गाउँमा बिद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने उपाध्यक्ष शाहीको भनाई रहेको छ ।
सोरु गाउँपालिकाको लामाकाँधमा राखिएको टावरले सोरु गाउँपालिकाका केही बस्तीहरु र हरम्लाको ताँजाकोट, सर्केगाड, र अददानचुली गाउँपालिकाका अधिकांश बस्तीहरुमा शुक्रबार दिउँसोबाट सञ्चालन सुरु गरेको छ भने अदानचुली च्याममा राखिएको टावर शनिबार दिउँसो बाट सञ्चालनमा आउने भएको छ ।च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुँने छ भने अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचनारु हुँने नेपाल टेलिकम हुम्ला रिन्जिन लामाले बताउनुभयौ ।