बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुगु भीई गाउँमा गुरुदेउता पुजाको तयारी धामीडान्ग्री

मुगु भीई गाउँमा गुरुदेउता पुजाको तयारी धामीडान्ग्री

  • शनिबार, फाल्गुन १०, २०८१
मुगु भीई  गाउँमा  गुरुदेउता पुजाको तयारी धामीडान्ग्री

दुई बर्षको एकचोटी फागुन १० गते मुगु सोरु गाउपालिका भीई गाउको ऐतिहासिक पुरातात्विक धार्मिक गुरुदेउताको पुजा धुमधामका साथ गर्ने चलन छ । उक्त पुजापाठको निम्ति स्थानीयले हरेक घर बाट तेल पिठो चामल उठाएर पुजा गर्ने गरिन्छ । नवमी पर्व गुरादेउताको मुख्य मेलाको रुपमा चिनिन्छ । सोही नवमी मेलामा भीई गाउमा भब्य मेला लाग्ने गरेको छ । संघीय सरकार बाट बजेट बिनियोजन गरि गुरु देउताको मन्दिर निर्माण कार्य सुरु गरिएको छ । गुरा देउतालाई बिशेष गरि माटे देउताको रुपमा चिन्ने गरिन्छ । गुरु देउता दर्शनले मनोआकांक्षा पुरा हुने बिश्वासले बिभिन्न जिल्ला बाट भक्तालुहरु अक्षेता भेटी बोका लिएर पुजा गर्न भीई पुग्ने गरेका छन । फोटो सौजन्य नविन बुमी भीई ।

चर्चामा

सम्बन्धित समाचार