
काठमाडौ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नु भएको छ ।समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको श्रोतले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार शनिबार शितलनिवासमा राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गर्नु भएको छ । उक्त भेटघाटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी गराउनु भयो ।