बिहिबार, चैत्र २८, २०८१
बिहिबार, चैत्र २८, २०८१
Thursday, April 10, 2025
  • होमपेज
  • जलवायु परिर्वतन
  • वनमन्त्री शाहीद्धारा जलवायु असरबारे विश्व समुदायको ध्यानाकर्षण

वनमन्त्री शाहीद्धारा जलवायु असरबारे विश्व समुदायको ध्यानाकर्षण

करिव दुई सय बर्ष पुरानो लण्डनको चिडियाखाना अवलोकन

  • शनिबार, चैत्र २, २०८१
वनमन्त्री शाहीद्धारा जलवायु असरबारे विश्व समुदायको ध्यानाकर्षण

काठमाडौ –नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको छ । जल सुरक्षा जलवायु प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुगेका उहाले जलवायुका असरबारे ध्यानाकर्षण गराउनु भएको हो ।
बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार मन्त्री शाही त्यहाँ पुगेका छन उहा बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएको बेलायतस्थित नेपाली दूतावासले जानकारी गराएको छ । बिहीबार दिउँसो मन्त्रीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नु भएको छ ,

उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञ र विश्व बैंक, युएनइपी, युएनआइसीइएफ, आइएफएडी र ग्लोबलकमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।मन्त्री शाहीेले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पारेका छन ।

सो अवसरमा उहाले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारेमा जानकारी गराएको मन्त्री शाहीका निजी सचिवालयले जनाएको छ ।संवादमार्फत नेपाल सरकारले बहुपक्षीय अन्तरक्रिया गर्न थालेको उल्लेख गर्दै मन्त्री ठकुरीले यो विश्वव्यापी संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा हुने बताउनु भएको छ । उहाले हिमालय क्षेत्रको जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न आवाज उठाउन र समर्थन जुटाउन नेपालको बलियो पहलका बारेमा जोड दिनु भएको छ ।
कार्यक्रममा मन्त्री ठकुरीले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाकोतर्फबाट बेलायतको ‘एफसिडिओ’ का अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्यमन्त्री बैरोनेस चापम्यानलाई संवादमा सहभागी हुन औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए ।

साथै बेलायतका प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई पनि सोही निमन्त्रणा दिइएको थियो । सो अवसरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे लगायत सहभागी थिए जेटएसएल लोजिकल सोसाइटी अफ लन्डन जेटएसएलको मुख्यालयमा नेपालको जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, प्रविधि हस्तान्तरण तथा अनुभव आदान–प्रदानका विषयमा जेटएसएलका प्रतिनिधि र वनमन्त्री शाही बीच बैठक सम्पन्न भएको छ जेटएसएलले नेपालको जैविक विविधता संरक्षणमा पुर्याएको अतुलनीय योगदान प्रति आभार प्रकट गर्दै आगामी दिनमा थप सहकार्य गर्न मन्त्रीले जेटएसएल प्रतिनिधिलाई अनुरोध समेत गर्नु भएको छ । सोही अवसरमा करिव २०० वर्ष पुरानो चिडियाखाना अवलोकन गर्ने अवसर प्राप्त भएको मन्त्री शाहीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार