बुधबार, चैत्र २७, २०८१
बुधबार, चैत्र २७, २०८१
Wednesday, April 9, 2025
  • होमपेज
  • बागमती प्रदेश
  • शितला माविमा आइसिटी तालिम

शितला माविमा आइसिटी तालिम

  • सोमवार, चैत्र १८, २०८१
शितला माविमा आइसिटी तालिम

काठमाडौ—राजधानीको काठमाडौ महानगरपालिका—१६ स्थित शितला माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ को परीक्षा सकिए लगत्तै शिक्षकहरुलाई आइसिटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।विद्यालय आसपासका निजी विद्यालयका प्रतिनिधिमुलक शिक्षकहरु र तरुण माध्यमिक.बिद्यालय स्रोत केन्द्रका सामुदायिक विद्यालयका शिक्षक प्रतिनिधि लगायत  ६० जना  समावेश भएको उक्त तालिम कार्यक्रममा विद्यालयका सवै तहका शिक्षकहरु सहभागीता रहेको थियो । तालिमको सहजीकरण डा. पूर्ण बहादुर लामिछाने, शिवपुरी माविका पूर्व प्रधानाध्यापक दिवाकार दुरदर्शी तथा आईटी इन्जिनियर सगुन प्रसाद अधिकारीले गरेका थिए ।तालिम कार्यक्रमको सुरुवात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीमति शारदा सुवेदीले गरेकी थिइन समय सापेक्ष तालिमले विद्यालयका शिक्षकलाई परिवर्तन र रुपान्तरण गर्नुका साथै विद्यालयको दुरदृष्टि अनुसार उपलब्धी मुलक रहेको आयोजक प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले जानकारी गराउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार