
मुगु — हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ लोपोन्मुख हिउँ चितुवा भेटिएका छन । उकाली तथा तेस्रो ध्रुव संरक्षण र डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको पाइएको छ ।सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो । क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण गरिएको उकाली तथा तेस्रो ध्रुव संरक्षण अनुसन्धान कर्ता प्रमुख तथा रोयलेक्स आर्वडका विजेता रिन्जिन फुन्जोक लामाले बताउनु भयो ।नाम्खा गाउँपालिका भरि ६१ वटा क्यामेरा ट्रयाप प्रयोग गरी ४७२६ क्यामेरा दिनको सर्वेक्षण गरिएको हिउँ चितुवा अनुसन्धान कर्ता लामाको भनाई छ । यो संरक्षित क्षेत्र बाहिर गरिएको पहिलो सर्वेक्षण हो उहाले जानकारी गराउनु भयो ।नेपाल सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई उच्च प्रथामितामा राखेको छ । यस अध्यायनले अभियानलाई प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।नेपाल सरकारले राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभाग, वन तथा भू–संरक्षण विभाग तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरुको सहकार्यमा अघि सारिएको राष्ट्रिय हिउँ चितुवा गणना अभियानमा यो अध्यायनले प्रत्यक्ष रुपमा योगदान गर्ने वैज्ञानिक आधार प्रदान गरेको छ ।