आइतवार, चैत्र ३१, २०८१
आइतवार, चैत्र ३१, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मृतकको सम्झनामा चिटिम

मृतकको सम्झनामा चिटिम

मुगुम कार्मारोङमा करिव १२ सय चिटिम गुम्बा

  • शुक्रबार, चैत्र २९, २०८१
मृतकको सम्झनामा चिटिम

मुगु —मुगम कार्मारोङ गाउ“पालिका भित्र बसोबास गर्ने आदिबासी जनजाति तामाङ समुदायले मृतकको सम्झनामा छोर्देन गुम्बा अर्थात चिटिम बनाउने चलन छ । घरमा कुनै ब्यक्तिको मृत्यू भयो भने त्यसैको सम्झना ५ फिट अग्लो ढुंगाको छोर्देन बनाएर मृतकको आत्मा सम्झिने गरिन्छ । पहिलेका बुढापाकाहरु घर नजिकै आफनो जग्गामा मृतकको दाहसस्कार गर्ने र त्यही छोर्देन बनाउने चलन थियो भने अचेल मृतक अन्यत्र स्थानमा दाहसंस्कार गरेपनि घर भन्दा १५ मिनेट टाढा शुद्ध र पबित्र माटोभूमिमा छोर्देन बनाउने गरेका छन परम्पराकाल देखि छोर्देन बनाउने बिधि एउटै रहि आएको छ । पहिले पबित्र माटो भूमि छान्ने सिपालु ज्याला लगाएर ढुंगा काटने गरिन्छ । ३ फिट जमिन तल बाट छोर्देन बनाउन सुरु गरिन्छ । भित्र प्वाल राख्ने र त्यसमा पूर्बतिर फर्केको धुपीको हा“गो रातो माटो पिसेर छवार अर्थात मूर्ती सुन चा“दी पितल लामा लिपी अनि मृतकको अस्तु राखेर चार पा“च स्टेपको तल ठूलो माथि सानो आकारको छोर्देन गुम्बा निर्माण गरिन्छ । बनाउने कार्य सकेपछि रातो र सेतो कमेरो माटोले रंगरोबन गरेर आक्रषित गरिन्छ । मृतकको दिर्घायू सम्म सस्मरणको लागि छोर्देन बनाइने मुगम कार्मारोङ गाउ“पालिका–२ का आङग्याल लामाले बताए ।

कसैले धर्मको पुजापाठ गर्न छोर्देन बनाउने चलन पनि रहेको उनको भनाई छ । तामाङ समुदायमा एउटा छोर्देन र अर्को काङने गुम्बा दुई प्रकारका गुम्बा बनाउने चलन छ । छोर्देन भन्दा काङने धेरै मह“गो मुल्य पर्ने गरेको स्थानीयको भनाई छ । काङनेको बीचमा ढोका राखेर ८ फिटर अग्लो कलात्कम बनाइने भएकोले करिव डेढ लाख र छोर्देन अलि समान्य हुने भएकोले ५० हजार सम्म खर्च हुने माग्री मह गाउ“का शसांक तामाङले सुनाए । गरिबी परिवार दुई वटै गुम्बा बनाउन नसक्ने उनको भनाई छ । सिमित मह गाउ“मा मात्र डेढ सय भन्दा बढी यस्ता चिटिमको संख्या रहेको उनको भनाई छ चिटिम बनाई सकेपछि गाउ“भरिका ज्ञान गर्ने लामा चुम्बा बोलाएर एक दिनभरि पुजापाठ खानपिन गर्ने चलन छ । यसलाई चिटिम पबित्र बनाउने भन्ने गरिन्छ । यो दिनमा पनि करिव ३० देखि ४० हजार खर्च हुने गरेको छ मृतकको सम्झनामा बनाइएको उक्त छोर्देन घर बाहिर जा“दा चिटिमको दाया“ र फर्केर आउदा बा“या घुमेर आउने गरिन्छ । प्राय दैनिक जसो घुम्ने मृतक आत्मलाई शान्ति बनाउनकै निम्ति घर नजिकै चिटिम बनाउने चलन छ । फागुन पूर्णीमामा चिटिमको बिशेष पुजापाठ रंगरोबन गर्ने चलन रहेको मह गाउ“का गारा तामाङले बताए । सोनाम ग्याल्बो ल्होछारमा पनि मृत आत्म्माको सम्झना गर्दै छोर्देन गुम्बामा गएर पुजापाठ खादा चढाउने गरिन्छ । चिटिमलाई जीर्ण राख्नु हुदैन भन्ने जनबिश्वास छ । यहा“का तामाङ समुदायका मृतक बोक्न चुम्बा प्रयोग गर्ने गरिएको छ ।

गाउ“मा कसैको मृत्यू भयो भयो चुम्बा बोलाएर दाहसंस्कार गर्ने चलन रही आएको सोनाम छेप्दल तामाङको भनाई छ । चुम्बाले मृतक बोकेर दाहसंस्का गरे बाफत पैसा भाडाकुडा कपाडा दिने गरिएको छ । अर्कोतिर हरेक गाउ“मा लामा र चुम्बालाई पुजापाठ गर्न छुट्टै ठूलो गुम्बा निर्माण गरिएको हुन्छ । त्यस गुम्बामा गाउ“भरिका लामा चुम्बा बसेर ध्यान गर्ने लामाले चुम्बा पढाउने गर्ने गरेका छन मुगम कार्मारोङ गाउ“पालिकाको माग्री, रिउस, मह, डोल्फू, किम्री, सेरोक लगायत १३ वटा तामाङ समुदायले छोर्दैन र काङने चिटिम निर्माणमा बढी प्राथमिकता दिने गरेका छन । इतिहास मेटन दिनु हुदैन भन्ने तामाङको धारणा छ । तामाङ समुदायले बिगत देखि अहिले सम्म बिकास निर्माणमा पहिलो प्राथमिकता छोर्देन काङने जस्ता गुम्बालाई दिने गरेको गाउ“पालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए । पहिले गुम्बा पछि बाटो खानेपानी स्कुल शिक्षा स्वास्थ्य भन्ने गरेको उनको भनाई छ । करिव १२ सय देखि १५ सय सम्म चिटिमको संख्या रहेको गाउ“पालिकाले जनाएको छ । यस्ता गुम्बा निर्माणमा पालिकाले पहिलो प्राथकिमता दिने गरेको पाइएको छ । बौद्ध धर्मालम्बिको प्रमुख पहिचानको रुपमा चिटिम नै रहेको पाइएको छ । एकातिर गाउ“को सोभा र अर्कोतिर पर्यटकको निम्ति चिटिम आक्रर्षणको रुपमा देखिएको गाउ“पालिकाका अधिकृत तिर्थराज शाहीले बताए । यस्तो पराचिन मठमन्दिर गुम्बालाई संरक्षण गर्न गाउ“पालिकाले बजेटमा प्राथमिकता राखेको उनको भनाई छ । मुगम कार्मारोङ गाउ“पालिकाको प्राय सबै जसो बस्तीमा पुग्न मुल बाटो देखि एक डेढ घण्टा उकालो हिडनु पर्छ । चिटिम देखिने बित्तिकै गाउ“ आयो भनेर महसुस हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार