
नेपाल सरकारका वन तथा वातारण ऐनबहादुर शाही ठकुरीले नयाँ वर्ष २०८२ सालमा जनतालाई कामको महसुस हुने गरि नयाँ कामको सुरुवात गर्नु पर्ने बताउनु भएको छ । मन्त्रालयमा आज आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी बिभागिय तथा महाशाखा प्रमुखहरुलाई मन्त्री शाहीले नयाँ बर्ष २०८२ सालमा नया“ काम गरेर जनतालाई खुशी बनाउनु पर्ने बताएका छन । नयाँ कामको सुरुवात गर्दा केवल मन्त्री मात्र सफल हुने होइन सिंगो मन्त्रालय नै सफल हुने हो र त्यसमा काम गर्ने कर्मचारीहरुको पनि प्रशंसा हुन्छ मन्त्रीको भनाई रहेको छ । म संग कुनै लोभ लाप छैन काम गरेर परिणाम दिन आएको हु“ मन्त्री शाहीले भन्नुभयो कमी कमजोरी नदोहोरिने गरि २०८२ सालमा राम्रा कामको प्रारम्भ गरौ ।
प्रधानमन्त्रीको नीति र लक्ष्य अनुसार नयाँ बर्षमा प्रगति देखिने गरि बिभागिय प्रमुखलाई काम गर्न मन्त्रीले निर्देशन दिनु भएको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व मिलेर देश समृद्धि बन्छ मन्त्रीको भनाई छ । गाडीको ड्राइभर आत्तिर हुदैन गाडी राम्रो चल्न इन्जिन राम्रो हुनु पर्छ मन्त्रीले भन्नुभयो जो जसको जे कामको जिम्मा छ त्यसमा दत्तचित्त भएर लाग्नु प¥यो । २०८२ सालमा वन मन्त्रालय बिकासको बाधक हो भन्ने भास्य अन्त गरि जनतलाई वन संग जोडेर समृद्ध बिकासमा जोड दिइने मन्त्रीको भनाई छ । नया“ बर्षमा बिभाग र मन्त्रालयको अन्तर सम्बन्ध घनिष्ट र सुमुधर बनेर कर्मचारीलाई काम गर्ने उत्साह बढोस मन्त्रीले बताउनु भयो । साथै मन्त्री शाहीले नयाँ बर्ष २०८२ सालको पावन अबसरमा जनताको सुख शन्ति र समृद्धिको शुभकामना सन्देश प्रदान गर्नु भएको छ ।