
चितवन – नेपाल सरकारकन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले चितवनमा जीप सफारीको उदघाटन गर्नु भएको छ । चितवन राष्टिय निकुञ्ज अन्त्रर्गत मध्यवर्ती उपभोक्ता समितिले टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर मन्त्री शाहीले खगेरी राप्ती मध्यवर्तीमा जिप सफारीको उदघाटन गर्नु भएको हो । मन्त्री शाहीले खगेरीमा जिप सफारी शुभारम्भ गरेपछि जनप्रतिनिधि पर्यटन ब्याबसायि स्थानीय खुशी भएका छन । वन, वन्यजन्तु र वनस्पतिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको जीवनस्तर उकास्ने गरी राष्ट्रिय वनको उपयोग गर्ने नीति सरकारले लिएको उहाँले स्पष्ट पार्नुभयो । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको उल्लेख गर्दै मन्त्री शाहीले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताउनुभयो ।खोरसोर संरक्षित वनबाट सुरु भएको जिप सफारी टिकौली हुँदै बीसहजारी तालसम्म पर्यटकलाई वन, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराइनेछ । जसमा २० किलोमिटर दूरी जिप सफारी गर्न पाइनेछ ।