सोमवार, बैशाख १५, २०८२
सोमवार, बैशाख १५, २०८२
  • होमपेज
  • जलवायु परिर्वतन
  • जलवायु परिर्वतनबाट बालबालिका र युवा बढी प्रभावित छन् : वनमन्त्री शाही

जलवायु परिर्वतनबाट बालबालिका र युवा बढी प्रभावित छन् : वनमन्त्री शाही

  • शनिबार, बैशाख १३, २०८२
जलवायु परिर्वतनबाट बालबालिका र युवा बढी प्रभावित छन्  : वनमन्त्री शाही

काठमाडौ— नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन बाट बालबालिका र युवा पुस्तालाई बढी असर परेको बताउनु भएको छ ।नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ नेपालको संयुक्त आयोजनामा भएको वायु संवाद नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’ कार्यक्रममा वनमन्त्री शाहीले जलवायु परिवर्तनका कारण बालबालिका तथा युवाहरूको स्वच्छ जीवन, स्वच्छ हावा, स्वच्छ पानी र हरियाली वातावरणमा बाँच्न पाउने अधिकार हनन बताएका छन । जलवायु परिवर्तनले पारेको असरबारे सरकारले पैरवी र बहस तथा न्यूनीकरणमा निरन्तर प्रयासरत रहेको उहाको भनाई रहेको छ ।

मौलिक अधिकारलाई संबिधानमै राखेका छौं तर जलवायु परिवर्तनले गर्दा यि अधिकारको सुनिश्चितता गर्न चुनौतिहरु आइरहेको मन्त्रीको भनाई छ । मन्त्री नेपाल सरकारले तयार गर्दै गरेको एनडिसि ३.० लाई विश्वकै उदाहरणीय तथा अनुकरणीय रुपमा बालबालिका तथा युवा मैत्री बनाउने प्रयास गरिएको छ । मन्त्री शाहीका अनुसार नेपालले संञ्चित गरेको कार्वनलाई अन्तराष्ट्रिय र समुदायलाइ वेचेर आर्थिक उपार्जन गर्ने ध्येयले कार्वन नियमावली तयारी र नेपालले गरेको कार्वन उत्सर्जन लगायतका विषयमा दुई वर्षको पारदर्शिता प्रतिवेदन अन्तिम अवश्थामा पुगेको छ । यही मे महिनाको १६ देखि १८ गते नेपाल सरकारद्वारा आयोजना गरिएको सगरमाथा संवादलाई प्रभावकारी बनाउनको लागि बालबालिका र युवाहरुको भूमिका अहम् रहेको मन्त्रीको भनाई छ । मन्त्री शाहीले भने सगरमाथा संवाद अगावै आयोजना गरिएको यस वालबालिका तथा युवा संवादले देशका सबै क्षेत्रबाट प्रतिनिधिमूलक रुपमा सहभागी बालबालिका र युवाहरुको आवाज, सरोकार तथा क्षमतालाई समेटने छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवामा लगानी गर्नुपर्ने बताएका छन । कार्यक्रममा देशभरिका १०० भन्दा बढी बालबालिका तथा युवाहरू  सहभागी रहेको आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार