सोमवार, बैशाख १५, २०८२
सोमवार, बैशाख १५, २०८२
  • होमपेज
  • समाचार
  • शिक्षक अन्त्ररक्रिया कार्यत्रम सम्पन्न

शिक्षक अन्त्ररक्रिया कार्यत्रम सम्पन्न

  • आइतवार, बैशाख १४, २०८२
शिक्षक अन्त्ररक्रिया कार्यत्रम सम्पन्न

काठमाडौ —रारा समाजको आयोजनामा राजधानी स्थित बसेरा होटेलमा शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक श्री घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गर्नुभएको छ । पाठकले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक बीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिनु भएको छ । आफ्ना अनुभवहरू सुनाउँदै, शैक्षिक गुणस्तर सुधारका लागि नवीन सोच र नियमित संवाद आवश्यक रहेको उहाको भनाई छ । उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि भूपु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नेपालको शैक्षिक विकास सुधारका लागि अन्तरक्रिया महत्वपूर्ण रहेको बताउनु भएको छ कार्यक्रमको अध्यक्षता रारा समाजका अध्यक्ष नेत्र मल्लले गर्नुभएको  थियो । रारा समाजले शिक्षाक्षेत्रमा पुर्‍याउनु भएको अतुलनीय योगदानको कदर गर्दै पाठकलाई विशेष सम्मान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार