
काठमाडौ —राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधि सभा र राष्टिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आर्थिक बर्ष २०८२ । २०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ उक्त नीति तथा कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका समेटिएका कार्यक्रम यस प्रकार छन ।
१ दिगो वन ब्याबस्थापनमा आधारित वन संबर्धन गर्दै वन श्रोतको उचित प्रयोग गरिने छ ।
२ वन पैदावर उत्पादन बृद्धि गरि आन्तरिक आपूर्ती रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा जोड दिइने छ ।
३ सामुदायिक वनको ब्याबस्थाप सुदृढ गर्दै वन आधारित श्रोतको उचित प्रयोग गरिने छ ।
४ संघ प्रदेश समन्वय सुदृढ गर्दै राष्ट्रिय वनलाई ब्याबसयिक कबुलियती वनमा रुपान्तरण गर्ने प्रकृयालाई सहज र सरल बनाइने छ ।
४ राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिताका आयोजना संचालन गरिने छ ।
६ चुरे संरक्षणका लागि गुरु योजना पुनरालोकन गरिने छ ।
७ राष्ट्रिय चुरे तराई मधेश संरक्षण परियोजना पुनसंरचना गरि राष्ट्रिय चुरे संरक्षणको रुपमा आयोजना अघि बढाइने छ । मानव बन्यज्नतु न्यूनिकरण गर्दै राहात प्रणालीलाई बीमा प्रणाली संग एकिकृत गरिने छ ।
८ संरक्षण क्षेत्रमा मानव प्रकृति सहअस्तित्व कायम गरिने छ ।
९ वातावरणीय अध्यायन तथा मुल्याकन सरल बनाइने छ ।
१० वायु गुणस्तर कार्ययोजना लागु गरिने छ ।
११ पेटोलियम पर्दाथ बाट चल्ने सवारी साधनमा युरो ६ मापदण्ड लागु गरिने छ ।
१२ जलवायु सम्बन्धि अन्तराष्ट्रिय बित्तिय सयन्त्रमा पहु“च बढाइने छ
१३ जलवायु बित्त रणनीति र कार्वन ब्यापार नियमावली तर्जुमा गरिने छ ।
१५ जलवायु परिर्वतनका कारण नेपालले भोग्नु परेको चुनौती बारे बिश्वसमुदायको ध्याकषर्ण गर्न बिस २०८२ जेठ २ देखि ४ गते सम्म सगरमाथा संवादको आयोजना गरिने छ ।
१५ सगरमाथा संवादमा ब्यक्त धारणाका आधारणमा जलवायु अनुकुलन र असर र न्यूनिकरणका कार्यक्रmम लागु गरिने छ ।
१६ वनस्पति उधान ब्याबस्थापन र जडिबुटी श्रोतको संरक्षण बिकास र उपयोग गरिने छ ।