
मुगु—जिल्ला स्थित पर्यटक गन्ब्तय रारामा पर्यटकिय चहलपहल सुरु भएको छ ।गर्मी मौसम सुरुवात संगै बसन्त ऋतु लागेपछि रारामा पर्यटकिय चहलपहल बढन थालेको घुम्ने राष्टिय निकुञ्ज कार्यालयले जनाएको छ ।रारा घुम्न मौसम सुरु भएपछि काठमाडौ पोखरा बुटवल भैरहवा शहर बाट दैनिक ४० देखि ५० जना आउन थालेको लगायत उनको भनाई छ ।जिल्ला भित्र र छिमेकी जिल्ला जुम्ला, हुम्ला, बाजुरा बाट पनि बिधार्थी कर्मचारी रारा भ्रमण आउन थालेका छन ।चिसो मौसमले गर्दा गत पुस देखि पर्यटकिय चहलपहल घटेको रारामा आन्तरिक पर्यटकको चहलपहल बृद्धि हुदै गएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । रारा अबलोकन गर्न भारतिय पर्यटक पनि आउन थालेका छन ।
पर्यटक आउन थालेपछि रारा वरपरका होटल ब्याबसायि घोडा चालक र डुंगा चालक पनि खुशी हुन थालेका छनजाडो मौसम कटन थालेपछि रारामा पर्यटक आउन थाले रारा माझघट्ट होमस्टेकका संचालक धनसिह रोकायाले भने पुस माघ दुई महिना सुुनसान भयो अब चहलपहल बढन थाल्यो ।गत पुस देखि घर तिर लिएका घोडाहरु पर्यटकको आगमन बढन थालेपछि रारा तर्फ ल्याउन थालेका छन ।मुर्मा, झयारी, पिना, माथितुम, कोटिला लगायत बस्तीका करिव दुई सय भन्दा बढी घोडाहरु रारामा ल्याएर पर्यटकका झोला समान बोक्न तयारी गर्न थालेका छन ।
गाडी मोटर साइकल बाट नेपालगन्ज, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला नाग्मा सिजा हुदै रारा पुग्न करिव दुई दिन लाग्ने गरेको छमुगु जिल्लाको रारा ताल समुद्री सतह देखि २९ सय ९० मिटर उचाईमा रहेको छ । यसको गहिराई १ सय ६७ मिटर छ ।रारा १०.८ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ बिःस २०३२ सालमा स्थापना भएको रारा राष्टिय निकुन्ज क्षेत्रमा ३ प्रकारका हिमाली असला माछा २ सय २४ प्रकारका बनस्पति र २ सय ७२ प्रकारका चराहरु पाइने गरेको रारा राष्ट्रिय निकुन्जको कार्यालयले जनाएको छ ।