बिहिबार, जेष्ठ ९, २०८२
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सगरमाथा संवादमा सहभागी हुन चीनका जनकांग्रेसका उपाध्यक्ष नेपाल आइपुगे

सगरमाथा संवादमा सहभागी हुन चीनका जनकांग्रेसका उपाध्यक्ष नेपाल आइपुगे

  • बिहिबार, जेष्ठ २, २०८२
सगरमाथा संवादमा सहभागी हुन चीनका जनकांग्रेसका उपाध्यक्ष नेपाल आइपुगे

काठमाडौ —चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौ आइपुग्नु भएको छ । उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ नेपाल सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम रहेको छ ।बुधबार राती ११ बजे काठमाडौँ आइपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय लगायत टोलीले स्वागत गरेका थिए ।उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौँका बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार