बिहिबार, जेष्ठ ९, २०८२
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वनमन्त्री शाहीसँग कतारका विशेष दूत बीच भेटवार्ता

वनमन्त्री शाहीसँग कतारका विशेष दूत बीच भेटवार्ता

  • शनिबार, जेष्ठ ४, २०८२
वनमन्त्री शाहीसँग कतारका विशेष दूत बीच भेटवार्ता

काठमाडौँ, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहनुभएका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गर्नुभएको छ ।सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उहाँहरुबीच दुई बीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवपर्वतन क्षेत्रमा दिर्घकालीन रणनीतिक साझेदारी गर्नसकिने उल्लेख गर्नुभएको थियो ।
साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ति प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाई थियो । मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार