
काठमाडौँ — बहुप्रतिक्षित ‘सगरमाथा संवाद २५’ बुदे साझा घोषणापत्र सार्वजनिक गर्दै समापन गरिएको छ । सगरमाथा संवादको अन्तिम दिन आइबार मध्यान्ह परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्नु भएको छ ।‘तीन दिने कार्यक्रम हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं उहाले भन्नुभयो हामीले कार्यक्रमको मुख्य थिममा आयोजना गरेको जलवायु परिवर्तन, पवर्त र मावन भविष्यमाथि महत्त्वपूर्ण बहस र छलफल सम्पन्न गरेका छौं ।
यस संवादले जलवायु परिवर्तनले गर्दा हिमालमा बढ्दै गरेको जोखिम देखाउन सफल भएको र नेपालले उठाउन खोजेको विषय सफलतापूर्वक उठान गरेको परराष्ट मन्त्री देउवाको भनाई छ । सगरमाथा संवाद २०२५ को अन्तिम आइतबार बिहान २४ जना विदेशी पाहुनाले मउन्टेन फ्लाइट गरेका छन् । हिमाल देखाउने उद्देश्यका साथ वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आएकामध्ये करिब २४ विदेशी पाहुना र केही स्वदेशीहरूले माउन्टेन फ्लाइट गरेका हुन् ।
नेपाल सरकारले उक्त फ्लाइटको आयोजना गरेको थियो । विदेशी पाहुनाहरूले सगरमाथा लगायतका हिमालहरूको अवलोकन गरेका हुन् । सेताम्मे हुने गरेको हिमालहरूमा जलवायु परिवर्तनको असर देखिएको वनमन्त्री शाहीले बताए ।