
फोटो प्रधानमन्त्रीको सचिवालय
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई मलको अभाव हुन नदिन सरकारले नेपालमै रासायनिक मल कारखाना खोल्ने प्रकृया अघि बढाएको बताउनु भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीले सामाजिक संञ्जालमा कृषकको खेतीपातीको सिजनमा रासायनिक मलको अभाव हुने गरेको र त्यसलाई मध्यनजर गरि सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्न लगानी बोर्डको मंगलबार बसेको ६३ औ बैठकले रासायनिक मल उत्पादन कारखाना खोल्न अन्तिम बिस्तृत सम्भाब्यता अध्यायन प्रतिबेदनलाई अघि बढाउने निर्णय गरेको उल्लेख गर्नु भएको छ । नेपालमा रासायनिक मल कारखाना नहुदा बाहिर बाट खरिद गर्नु पर्दा कृषकलाई खेतीको सिजनमा मल पाउन गाह्रो हुने गरेको छ । कृषकको मलको समस्या समधान गर्न सरकारले नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने तयार गर्नु लागेको हो ।