आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णाली राजमार्ग चार दिन बन्द हुने

कर्णाली राजमार्ग चार दिन बन्द हुने

  • शनिबार, जेष्ठ १८, २०८२
कर्णाली राजमार्ग चार दिन बन्द हुने

मुगु– कर्णाली राजमार्ग चार दिनका लागि बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबार देखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो ।

कालिकोट, बाजुरा र हुम्लाका स्थानीयलाई आउजाउ गर्न खाद्यबस्तु ओर्सान असहज हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा शुक्रबारबसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो ।सडक खण्ड मर्मत कार्य गर्न यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकी सम्म यो सडक खण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन भने हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिने छसडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु–लालीघाटसडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार