
काठमाडौ–नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बागमति सरसफाई महाअभियान प्रति प्रशंसा व्यक्त गर्दै यसलाई अब अझ प्रभावकारी र नीतिगत समर्थन सहित अघि बढाइने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।बागमती सरसफाई महाअभियान १३ औ बर्ष प्रबेश गरेको अवसरमा शनिबार आनन्द पशुपतिमा आयोजित कार्यक्रमको उदघाटन गर्नु हुदै मन्त्री शाहीले अभियान प्रति प्रशसा जाहेर गर्दै प्रति प्रतिबद्धता जनाउनु भएको छ यो महाअभियान देशको उदहारणीय अभियान हो मन्त्री शाहीले भन्नुभयो यस महाअभियानलाई वातावरण संरक्षणका लागी योगदान दिने बिश्वास गरिए छ ।
अभियानको सहकार्यमा हुने यो बर्षको १३ हजार बिरुवा रोप्ने अभियानमा मन्त्रालयको तर्फबाट १३ हजार बिरुवा सहजीकरण गर्ने मन्त्रीशाहीले प्रतिबद्धता समेत गर्नु भएको छ । वातावरण संरक्षण, जनचेतना अभिवृद्धि र स्वच्छता प्रवद्र्धनको उद्देश्यले सुरु गरिएको उक्त महाअभियानले यो पटक विशेष समारोह मार्फत आफ्नो अभियानको दीर्घकालीन यात्रालाई स्मरण र सम्मान गरेको छ । कार्यक्रमको अध्यक्षता अभियन्ता तथा पूर्वसचिव इञ्जिनियर किशोर थापाले गरेका थिए । कार्यक्रममा सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति माननीय कुशुमदेवी थापा र अभिनेत्री सुहाना थापाको पनि सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा बागमती सरसफाई अभियन्ता चक्र बहादुर चन्दले अभियानको लक्ष्य र उद्देश्यबारे स्पष्ट पार्नु पारेका छन । अभियन्ता माला खरेलले बागमती सफाइअभियानको हालसम्मको यात्रा र उपलब्धिहरूको प्रस्तुतीकरण गरेका छन ।कार्यक्रममा अभिनेत्री सुहाना थापाले बागमती सफाई महाअभियानप्रति समर्थन जनाउँदै सांस्कृतिक क्षेत्रबाट पनि स्वच्छता र वातावरण संरक्षणका पक्षमा योगदान आवश्यक रहेको बताइन ।
सभापति कुशुमदेवी थापाले सहकारी क्षेत्रको भूमिकाबारे मन्तव्य दिँदै अभियानमा संस्थागत सहकार्य बढाउनु पर्ने आवश्यकता औंल्याइनराज्यबाट निति बनाएर ठोस् परिणाम देखा पार्न आफू लागी पर्ने र सरकारलाई जवाफदेहिता बनाउने काममा लाग्ने बताउदै यस्तो महान अभियानमा आफू सहभागी हुन नपाएको प्रति पछुतो लागेको बताउनु भयोबागमती सफाई महाअभियानको १३ औं वर्षमा प्रवेशको अवसरमा आयोजित यस विशेष कार्यक्रममा सरोकारवाला निकाय, अभियन्ताहरू, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागी रहेको थियो ।