
काठमाडौ—नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले भारतले नेपाललाई अतुलनिय सहयोग पुरयाएको बताउनु भएको छ । विश्व वातावरण दिवसको अवसरमा राजदुवासले पलाष्टिजन्य प्रदुषण अन्त्य गर्नु पर्ने भन्ने नारा सहित परिसरमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा वनमन्त्री शाहीले उहिले देखि अहिले सम्म छिमेकी राष्ट्र भारतले नेपाललाई बिभिन्न कार्यमा अतुलनिय सहयोग पुरयाएको बताउनु भएको छ । भारतले नेपाललाई शिक्षा स्वास्थ्य लगायत बिषयमा सहयोग गरेको आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको उहाको भनाई छ ।
मन्त्री शाहीले भने संस्कृति धार्मिक हिसावले नेपाल भारत बीचको सम्बन्ध प्रगाढ रहि आएको छ । मन्त्रीका अनुसार संगरमाथा संवादमा भारतका वन मन्त्रीको महत्वपूर्ण सहभागिता रह्यो । वनमन्त्री शाअी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तव सहित केन्द्रीय बिद्यालय काठमाडौका बिधार्थीहरुले बृक्षारोपण गरेका छन ।