आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • फिचर
  • कार्मारोङबासीको तिब्बतसंग १५ दिनको ब्यापारी साइनो

कार्मारोङबासीको तिब्बतसंग १५ दिनको ब्यापारी साइनो

  • सोमवार, असार २, २०८२
कार्मारोङबासीको तिब्बतसंग १५ दिनको ब्यापारी साइनो

मुगु —३५ बर्षिय टा“सी लामाको ब्यापारी सम्बन्ध १५ दिनको मात्र छ । मुगम कार्मारो–२ मुगु गाउ“ निवासी उनी हरेक बर्ष १५ दिनको लागि तिब्बतमा समान किनमेल गर्न जान्छन ।टा“सीले तिब्बत संग ब्यापार गर्न थालेको यो बर्ष देखि करिव २० बर्ष पुगेको छ । उनी १० बर्षको उमेरमै भारी बोकेर तिब्बत उक्लिन थालेका हुन । आफूले ब्यापार गर्ने तिब्बती साथीसंग बेलामौका भेटघाट गर्ने चाहाना भएपनि बर्षको १५ दिन मात्र साइनो जोडिने गरेको छ ।सकभर बर्ष भरि नत्र एक महिना सम्म तिब्बतसित ब्यापार गर्ने टा“सीको इच्छा रहेपछि नियम मिचेर ब्यापार गर्न पाउदैनन प्रत्येक बर्ष साउन १ गते देखि १५ गते सम्मको लागि मात्र अस्थायी तिब्बती हाटबजार खुल्छ र त्यही मौका छोपेर समान किन्न र चिनपर्ची भएका तिब्बती संग साइनो दो¥याउन जाने गर्छन ।इतिहासकाल देखिको चलन भएकोले उक्त अबधि भित्र समान किनमेल गर्न नसके उनलाई बर्ष भरिको गा“स र कपासको लागि गाउ“ छोडेर बाहिरिनु पर्ने अबस्था हुन्छ ।

तिब्बतसित हाम्रो ब्यापारी साइनो १५ दिने छ टा“सीले हा“स्दै भने सरकारले हाम्रो सम्बन्धलाई बिस्तार गर्न सकेन । हामीले चाहेर बिब्बत संगको ब्यापारी साइनो बढाउने क्षमता नभएको उनले बताएएक बर्षपछि साउन महिनाको १५ दिन मात्र तिब्बती ब्यापारीसंग भेटघाट हुन्छ त्यही अबधि भित्र जति समान किनेर ल्याउनु पर्छ उनले सुनाए अबधि सकियो पछि पैसा भएपनि किनमेल गर्न मिल्दैन उनले भने १५ दिन कटेपछि तिब्बती हाटबजार उठेर गइहाल्छ बाध्य भएर घरतिर आउनु पर्छ ।पंचायतकाल अर्थात १९१५ भन्दा अघि देखि मुगु गाउ“का आदिबासी जनजातिहरुले तिब्बती संग ब्यापार गर्दै आएका छन उनीहरुको ब्यापारी सम्बन्ध बिस्तार हुन सकेको छैन । १५ दिनको तिब्बती हाटबजारले समान किनमेल गर्न हत्तार हुने गरेको छ ।
कहिले साउन महिना लँग्ला र तिब्बतमा समान किन्न र जडिबुटी बेच्न जाउला भनेर दिन गन्ती गरेर बस्नु परेको मुगु गाउ“का अर्का छिरिङ तोर्ची लामा बताए । उनले भने बर्षभरि तिब्बत संग ब्यापार गर्ने सरकारले नियम बनाईदिएको भएपनि यस्तो दुःख कष्ट गरेर किन बस्नु पथ्र्यो ।हाम्रो सरकारको कमजोरी हो छिरिङतोर्चीले दुखेसो पोखे जिल्ला सदरमुकाम गमगढी देखि २८ कोष टाढा रहेको मुगु गाउ“ र तिब्बत सिमा संगै जोडिएको छ । उक्त गाउ“मा बसोबास गर्ने दुई सय परिवारका बसाई डुलाई धारापानी नेपाली भूमिमा भएपनि गा“स र कपास लागि तिब्बततिरै निर्भर छन ।

अघिल्लो बर्ष तिब्बत बाट किनेर ल्याएको खँद्य बस्तु पछिल्लो बर्ष सम्म मुश्किल पु¥याउनु पर्ने स्थानीयको गुनासो छ । तिब्बती हाटबजार नलाग्दै घरमा दैनिक उपभोग्य बस्तु सिद्धि पछिल्लो घर संग पइचो गर्नु पर्ने अबस्थाले गर्दा मनमा पिर मानेर जीवन निर्बाह गर्नु पर्ने बाध्यता छ । मुगु गाउ“ देखि तिब्बत पुग्न गरुगो भारी संग दुई दिन र रित्तै एक दिन समय लाग्ने स्थानीयको भनाई छ ।मुगु गाउ“ देखि जिल्ला सदरमुकाम पुग्न तीन दिन लाग्छ भने तिब्बत पुग्न एक दिन लाग्ने भएकोले त्यहा“का स्थानीयलाई आफनो नेपालको बाटो भन्दा तिब्बती बाटो सहज लाग्ने गरेको छ । मुगु गाउ“ देखि रातापानी, पुरानो मुगु, टा“केखोला, रानीओढार, रिमारको बाटो हुदै १३ नम्बरको तिब्बत सिमा पिलर भेटिन्छ । त्यहा“ बाट उत्ता तिब्बती भूमि भेटिने गरेको छ ।बाटोभिर पखेर केही नभएकोले तिब्बत पुग्न र आउन अति सजिलो हुने स्थानीयको भनाई छ । यता गमगढी देखि मुगु लुम्स, छाइल, रिउस, पूलु, तिहारबगर, चितैकुना, सिरानीचौर हुदै मुगु गाउ“ सम्म पुग्न तीन दिन लँग्ने गर्छ ।

तिब्बतमा खुल्ने १५ दिने तिब्बती हाटबजार बाट स्थानीयले उन देखि नुन सम्म किनेर ल्याउने गरेका छन आफनो भूमिमा उन्न उत्पादन न्यून हुने भएकोले बर्षभरिको लागि पुग्ने चामल, मैदा, नून, तेल, ध्यू, चिनी, सावुन, चाउचाउ, जुस, रक्सी, तिब्बती चिया, कम्मल, छाला, जुत्ता, चप्पल, भाडाकुडा ल्याउने गरेका छन ।तिब्बती भाषाको समस्याले अधिकास स्थानीयले दाहाते अर्थात नेपालीले किनेको समान किनेर ल्याउनु पर्दा ठगिने समेत गरेका छन । चिनिया“ सुक्कुरको भार बृद्धि हुदै गएकोले खाद्य बस्तु लत्ताकपाडा बिगत बर्षहरु भन्दा मह“गो हुदै गएको टा“सले सुनाए ।पहिले चिनिया एक सुक्कुरको ७ देखि ८ रुपैया“मा सटही हुन्थ्यो भने यो बर्ष १६ देखि १७ रुपैया“ सटही गर्नु पर्दा बस्तुभाउ मह“गोमै खरिद गर्नु परेको उनले जनाए ।तिब्बतमा खाद्य बस्तु किनमेल गर्न जा“दा आफनो घरबस्ती बाट बनजंगलको जडिबुटी पाटनको यार्सा, उवाको सातु र खल्तीमा पैसा बोकेर जाने गरेका छन तिब्बत बाट गरुगो भारी बोकेर ल्याउन नसक्ने भएकोले चौरी, झोवा, घोडा खच्चरलाई १५ दिन सम्म भरियाको रुपमा प्रयोग गर्ने गरेका छन ।
हामीलाई रेल चाहिएन सरकारले पक्की सडक बनाई दिए पुग्छ मुगम कार्मारोङ गाउ“पालिकाका प्रमुख छिरिङ क्याप्ने लामाले बताए । भूगोल जनसंख्याका आधारमा मन्त्रालयले बजेट बिनियोजन गर्ने भएको यहा“ बजेट थोरै आउने र बाटो खानेपानी स्कुल क्षमता बिकास गर्दै नपुग्ने उनको भनाई छ ।

तिब्बतको अस्थायी हाटबजार लँग्ने स्थान हयाजिमार देखि एक किलोमिटर टाढा हर्वा, पा¥याङ, क्याला र नाक्छु भन्ने तिब्बती लेकालि बस्ती छन् । मुगु तिब्बतको ब्यापारी केन्द्र हयाजीमार बाट तिब्बत ल्हासा पुग्न गाडी बाट दुई दिन लाग्ने मुगु गाउ“का कार्मानोर्बुल लामाले बताए ।पछिल्लो पटक मुगुम कार्मारोङ गाउ“पालिकाका जनप्रतिनिधिहरु तिब्बत क्षेत्रमा पुगेर ब्यापारको बिषयमा दुई पक्ष बीच छलफल गर्ने गरेका थिए ।ब्यापारीले जिप गाडी ल्याएर आउने यता बाट हामी चौरी झोवा लिएर जाने लामाको भनाई छ ।
सडक निर्माण सुस्तमुगम कार्मारोङ स्थित पुवा गाउ“का ३९ बर्षिय जिक्मेद लामा गाडी चढेर तिब्बत जाने सपना अधुरै छ ।उनले तिब्बत बाट समान ल्याउन थालेको ८ बर्ष भयो करिव ६ बर्ष अघि गमगढीमा गाडी पुग्दा अब तिब्बत नाक्चेनाङला पुग्ला भन्ने आशा राखेका लामाले सडकको निर्माणको गति हेर्दा उदेक मानेका छन ।राजनीतिक दलहरुले तिब्बत जोडने नाकालाई चुनावी नारा बनाए पनि वास्तबिक पहल नगरेको उनको गुनासो छ । भोट माग्ने बेला नाक्चेनाङला सडक बनाई दिन्छौ भन्छ जितेपछि वास्ता गर्र्दै उनले सुनाएकर्णाली प्रदेशकै गौरवको आयोजना मानिने मुगु गमगढी देखि नाक्चेनाङला सम्म ८५ किलोमिटर र सुर्खेत बाट नाग्मा, गमगढी हुदै तिब्बत सिमा सम्म ३ सय ३२ किलोमिटर लम्बाई रहेको छ ।
बि स २०६७ साल देखि निर्माण कार्य शुरु भएको नाक्चेनाङला सडक अहिले सम्म १७ किलोमिटर छाइल गाउ“ सम्म ट्रयाक ओपन भएको छ ।

अझै ६८ किलोमिटर सडक खन्न बा“की छ । बजेट बिनियोजन गरेर हरेक बर्ष ठेक्कद्धार काम हुने गरेको छ । करिव ५ बर्ष भित्र गमगढी बाट नाक्चेनाङला सम्म गाडी पु¥याउने लक्ष्यका साथ निर्माण कार्य थालनी गरेपनि अहिले सम्म अलपत्र परेको छ ।
उक्त सडकको कुल लागत ८० करोड भएपनि अहिले सम्म १० करोड मात्र खर्च भएको सडक डिभिजन कार्यालयले जनाएको छ यो चालु आर्थिक बर्ष प्रदेश सरकार बाट १० करोड बजेट बिनियोजन भएको सडक भिजिन कार्यालयका इन्जिनियर श्रवण कुमार महताराले बताए ।अर्को तर्फ नेपाल सरकार बाट गमगढी नाक्चेनाङला सडक निर्माण परियोजना स्वीकृति भई कार्यालय समेत स्थापना भएको छ बजेटको समस्याले उक्त परियोजना लथालिङ्ग अबस्था छ । अहिले सम्म कार्यालय समेत खोलिएको छैन ।
गमगढी नाक्चेनाग्ला सडक निर्माणको लागि सरकारले ठेक्का खोल्ने र ठेकेदार घटिघटाउना ठेक्का स्वीकृति गरि कछुवाको गतिमा काम गर्ने गरेका छन । निर्माण कार्यपनि असार मसान्तको बेला हुने भएकोले आधा प्रतिशत बजेट फ्रिज जाने गरेको छ ।
नेपालका उत्तरी तिब्बत सात वटा नाका मध्ये नाक्चेनाग्ला सबै भन्दा छोटो र सहज नाका हुदा पनि सडक निर्माण किनै लापरबाही भएको जिल्ला नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्ल भने अब ठेक्का बाट सडक बन्ला भन्ने आशा लाग्दैन् काम छिटो गर्न नेपाली सेनालाई दिनु पर्छ ।

उत्तरी सडकको लागि दल नागरिक समाज जनप्रतिनिधिले बारम्बार सरकारलाई दबाब दिदै आएको भएपनि निर्माण कार्यले गति लिन नसकेको जनप्रतिनिधिको भनाई छ ।मुगु कर्णाली नदीको तिरैतिर भएर तिब्बत सिमा क्षेत्र पुगिने भएकोले सडक निर्माण खन्न कुनै अप्ठेरा नहु“ने स्थानीयको भनाई छ उक्त सडकको कर्णाली नदीमा दुई वटा स्थानमा बाहेक बढी बेलिब्रिज पनि बनाउनु पर्ने भएकोले छिटो सडक सम्पन्न हुने देखिन्छचिनिया राष्टपति सी निचफिङ नेपाल भ्रमणमा आउदा मुगुबासीले नाक्चेनाग्ला सडकले प्राथमिकता पाउने अपेक्षा गरेका थिए । प्रदेश सभासद झोवा बिकले उत्तरी सडकलाई बैधानिक बनाउन समेत आग्रह गरेकी थिइन ।पर्यटकिय मार्गतिब्बत संग जोडिएको मुगुको उत्तरी क्षेत्र पर्यटकिय हिसावले अति महत्वपूर्ण क्षेत्रको रुपमा पर्ने गरेको छ । मुख्य तिर्थस्थल छाया“नाथ तिहार बगर, कोइजी मरक्का हिमाल, माथिल्लो मुगुको रमणीय क्षेत्र पर्ने भएकोले पर्यटकिय हिसाव निकै उत्कृष्ट छ ।अर्कोतिर अपार बनजंगल बन्यजन्तु जलश्रोतको भण्डार भएकोले पर्यटकको लागि घुम्न लायक स्थान भित्र पर्ने गरेको छ अर्कोति बोध धर्मालम्बिीहरुको करिव १२ सय भन्दा बढी चिटिम गुम्बा यो क्षेत्रमा पर्ने परेका छन ।

उत्तरी नाक्चेनाग्ला सडक खोल्न सकियो भने चिनिया पर्यटकको लागि उत्कृष्ट मार्ग हुने कर्णाली प्रादेशीक पर्यटन बिकास समितिका संयोजक राजु कार्कीको भनाई छ ।तिब्बत जोडने सडकले गर्दा डोल्फूको ताखाखानी अनुसन्धान तथा उत्खनन गर्न सहज पुग्ने स्थानीयको भनाई छ अर्कोतर्फ बहुमुल्य यार्सा पनि उक्त क्षेत्रमै उत्पादन हुने भएकोले पर्यटकहरु यार्सा हेर्न त्यो रुट मनपराउने कार्कीको भनाई छ ।उक्त क्षेत्र पर्यटकिको लागि शिकार आरक्ष क्षेत्र घोषणा गर्न सकियो भने झन पर्यटक बृद्धि हुने देखिन्छ उपलब्ध हुने देखिन्छ किनभने यस क्षेत्रमा अनगिन्त बिभिन्न प्रजातिका बन्य जन्त रहेका छन ।राजश्व असुली गर्ने प्रमुख जिम्मेवारी निकायको रुपमा चिनिने मुगु भन्सार कार्यालय सुनसान छ । कर्मचारी भने कोही छैनन घरमा साइन बोर्ड मात्र झुण्डयाइएको छ
मुगु र तिब्बत सिमा क्षेत्रको अबैध ब्यापार नियन्त्रण राजश्व असुली माल समान चेकजा“च कार्यको निम्ति बिगत लामो समय देखि मुगुमा भन्सार कार्यालय स्थापना गरिएको भएपनि अब्यबस्थितले गर्दा उदेश्य बमोजिम कामकाज हुन सकेको छैन ।
भन्सारमा कर्मचारी नहु“दा एकातिर राजश्व असुलीमा गिरावट अर्कोतिर नाक्चेनाङ्गला हुदै तिब्बततिर अबैध ब्यापार कारोबार तिब्र रुपले बृद्धि भएको छ ।भन्सार कार्यालयमा कहिल्यै पनि कर्मचारी नदेखिने गरेको उनले सुनाए साउन पहिलो साता देखि मुगु र तिब्बतको ब्यापारी नाका खुल्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार