आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • समाचार
  • हुम्ला चुवाखोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेना

हुम्ला चुवाखोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेना

  • शनिबार, असार ७, २०८२
हुम्ला चुवाखोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेना

फोटो सौजन्य नवराज महतारा हुम्ला

मुगु—बहुप्रतिक्षित कर्णाली करिडोर अन्त्रर्गत हुम्ला सिमकोट सडक खण्ड अन्त्र्रगत खार्पुनाथ चुवाखोला नेपाली सेनाले बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुरयाएको छ ।उक्त बेलिब्रिज निर्माण कार्य पुरा भएपनि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । पहिलो चुवाखोलामा बेलिब्रिजको समस्याले गर्दा सुर्खेत नेपालगञ्ज देखि मालबाहक ट्रक बस जिपलाई सिमकोट बजार पुग्न समस्या उत्पन्न भएपछि नेपाली सेनाले फयाष्ट टयाक बाट बेलिब्रिज निर्माण कार्य सुरु गरेको थियो ।
खार्पुनाथ चुवाखोलामा बेलिब्रिज निर्माण भएपछि कर्णाली करिडोरमा संचालन हुने सवारी समाधन सिधै सिमकोट बजार पुग्ने स्थानीयको भनाई छ । तराई बाट आयत भएको मालसमान खाद्य बस्तुको मुल्य सस्तो हुने अपेक्षा गरिएको छ । खार्पुनाथ चुवाखोला बेलिब्रिज निर्माणले हुम्लीबासीलाई उत्साह जगाएको छ । कर्णाली करिडोर निर्माण कार्य नेपाली सेनाले लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार