आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • समाचार
  • वनमन्त्री शाहीद्धारा सगरमाथा बृक्षारोपण महाअभियान स्वीकृत

वनमन्त्री शाहीद्धारा सगरमाथा बृक्षारोपण महाअभियान स्वीकृत

  • सोमवार, असार ९, २०८२
वनमन्त्री शाहीद्धारा सगरमाथा बृक्षारोपण महाअभियान स्वीकृत

काठमाडौ —नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सोमबार सगरमाथा बृक्षारोपण महाअभियान कार्यक्रम स्वीकृत गर्नु भएको छ । सन २०२५ देखि २०४५ सम्म हरेक बर्ष असार १४ देखि साउन १५ सम्म देशभर उपयुक्त जग्गामा बृक्षारोपण गर्न र रोपिएका रुखहरुलाई संरक्षण गर्न सगरमाथा बृक्षारोपण महाअभियान कार्यक्रम स्वीकृत गरिएको मन्त्री शाहीको भनाई छ । मन्त्री शाहीका अनुसार सबै तह र क्षेत्रलाई यस महाअभियानमा सहभागी भई पूर्ण रुपमा सफल बनाउन समन्वय र सहकार्यको निम्ति अनुरोध गरिने छ । उक्त सगरमाथा बृक्षारोपण महाअभियानमा अन्य बोट बिरुवा भन्दा सकभर फलफुलका बिरुवा रोप्न प्राथकिमता दिइने छ । बाझो र खेर गइरहेको जमिनमा फलफुलका बिरुवा रोप्दा बन्यजन्तुहरुलाई आहारामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार