
मुगु—असार १५ गते देशभर राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि मनाइन्छ । किसानहरुले आज खेतमा हिलो छयाप्दै असारे गीत गाउदै धान दिवस मनाउने गरेका छन ।
बिस २०६१ मंसिर २९ गते मन्त्रीपरिषदको निर्णय गरि बिस २०६२ साल असार १५ गते लाई राष्टिय धान दिवस मनाउने गरिएको हो हिमाली जिल्ला मुगु कृषि बिकास कार्यालयको बार्षिक रेर्कड अनुसार मुगुमा कुल खेतीयोग्य जमिन १० हजार ४ सय ६१ हेक्टर जमिन मध्ये ९ हजार ३१ जमिनमा २ हजार ४८ मेट्रिकटन धान उत्पादन भएको छ ।
जिल्लामा उन्नत जात र स्थानीय जात गरि दुई प्रकारको धान फल्ने गरेको छ । पछिल्लो पटक रोपाईको झन्झटले गर्दा अधिका“स किसानले आफनो खेतमा घैया धान लगाउन थालेका छन । पहिले उक्त घैया धान किसानले पाखोबारीमा लगाउने गथ्र्थे ।जिल्लाको चार वटाा स्थानीयतह छाया“नाथ रारा नगरपालिका, सोरु, खत्याड र मुुगुम कार्मारोङ गाउ“पालिका मध्ये खत्याड गाउ“पालिकाको अधिकास बस्तीमा धान रोपाई हुने गरेको छ । सोरु गाउ“पालिकाको नेर, लिब्रु, पुरुमुरु, जिमा, कालै, धैनकोट, सिप, तारापानी। कच्चे बस्ती किसानले धान रोप्ने गरेका छन ।छायानाथ रारा नगरपालिको श्रीनगर,चैन, कार्कीबाडा, रोवा, पनि धान रोपँई हुने गरेको छ । मुगुम कार्मारोङ गाउपालिकाको छाइले बाहेक अन्य १६ वटा बस्तीमा धान उच्पादन नहु“दा रोपाई नहुने गरेको छ ।