
काठमाडौ —नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा आन्तरिक तथा वाहय पर्यटक होटल रिर्सोटहरुको भूमिका अति महत्वपूर्ण देखिएको बताउनु भएको छ ।मंगलवार राजधानी स्थित तारकेश्वर नगरपालिका नागार्जुन रिसोर्टको उदघाटन कार्यक्रममा वनमन्त्री शाहीले नेपाल स्वदेशी तथा बिदेशी पर्यटकलाई आकर्षित गर्न सुबिधायुक्त रिसोर्टहरू महत्वपूर्ण भएको बताएका छन ।
उहाले पर्यटकीय पूर्वाधारले मात्र पर्यटक भित्रयाउन वातावरण बनाउने मात्र नभएर स्थानीय अर्थतन्त्रमा सुधारका हुन सक्ने अपेक्षा छ ।सरकार निजी क्षेत्रलाई आर्थिक लगानीको वातावरण सिर्जना गर्दै, लगानीको सुरक्षा र प्रवद्र्धनका लागि पेशा तथा व्यवसायको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको मन्त्रीको भनाई छ ।पर्यटन, जलस्रोत र वन क्षेत्रलाई नेपालको आर्थिक उन्नतिको मुख्य आधारको रूपमा उल्लेख गर्दै मन्त्रीले भने पर्यटनका सम्भावना प्रायः वन, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्रमा रहेको र लगानी र संरक्षण दुबै महत्वपूर्ण रहेको छ । पर्यटकिय अथक सम्भावना रहेको मुगु रारामा पनि अबको केही बर्ष भित्रै सुबिधा सम्पन्न रिर्सोट बन्ने आसा गरिएको मन्त्रीले बताउनु भयो ।
रारा बाहय पर्यटकको लागि सुबिधायुक्त रिर्सोट नहुदा पर्यटकले दुःख पाइरहेको उहाको भनाई छ ।नागार्जुन रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठा छन् । यहाँका प्रमुख आकर्षणहरूमा एयर कन्डिसनयुक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका परिकारहरूको सुबिधा रहेको छ ।