
काठमाडौ—वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडिबुटी बाट कर्णालीलाई समृद्धि बनाउन सकिने बताउनु भएको छ ।कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजनमा सर्वधन सीमा र दोहनको दोसाधमा कर्णालीका जडिबुटी बिषयक कार्यक्रममा बोल्दै वनमन्त्री शाहीलेकर्णाली क्षेत्रलाई कसरी जडिबुटी बाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बारेमा सरकार गम्भिर रहेको बताउनु भएको छ । जडिबुटी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आगामी चालु आर्थिक बर्षको लागि बजेट बिनियोजन गरिएको उहाको भनाई छ । मन्त्री शाहीका अनुसार कर्णाली उत्पादन हुने जडिबुटीलाई ब्याबस्थापन गर्न आबश्यक देखिएको छ ।
यार्सागुम्बु प्रमुख आयश्रोत हो मन्त्री शाहीले भने त्यसलाई संकलनमा नीतिगत रुपमा ब्याबस्था गरिएको छ । बाह्य मिचाहा प्रजाति नियन्त्रणका लागि मापदण्ड लागु गरिएको मन्त्रीको भनाई छ । अब्यबस्थित चरिचरन र जथाभावि जडिबुटी कोर्ने प्रचलनले गर्दा जडिबुटी लोपहुन सक्ने चिन्ता बढेको मन्त्रीले बताउनु भयो । उहीलेका बुढापाकाहरुले औषधि नदेखेरै जडिबुटी सेवन गरेर बिभिन्न रोग निको गरे मन्त्री शाहीले जानकारी गराउनु भयो । मन्त्री जल जंगल, जलश्रोत, जडिबुटीले भरिपूर्ण कर्णाली क्षेत्रमा आधारभूत आबश्यकता पुगि सकेको अबस्थामा कर्णालीलाई दुर्गम गरिवी राज्य बाट पछाडी पारिएको भन्ने अब नसुहाउने उहाको भनाई रहेको छ ।
बिगतको तुलनमा अहिले वन मन्त्रालयले नीतिगत रुपमा सुधार गरि कामकाजमा सहज बनाएको बिश्लेषक हरिहर न्यौपानेले बताउनु भयो । वन मन्त्रालयले जडिबुटी क्षेत्रलाई प्राथमिकता राखेर यो पटक बजेट बिनियोजन गरेको पाउदा खुशी लागेका न्यौपानेले सुनाए । कर्णालीको खर्क क्षेत्रलाई ब्याबस्थापन गरि जडिबुटी संरक्षणमा वन मन्त्रालयले बिशेष ध्यान दिनु पर्ने लेखक माधव चौलागाईले सुझाव दिनु भयो । वातावरण अनुसन्धता उत्तमबाबु श्रेष्ठले कर्णालीमा उत्पादन हुने जडिबुटीको संख्या बार्षिक बिक्रीदर समस्या र चुनौतीको बारेमा जानकारी गराउनु भयो ।