
मुगु— परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले नेपालका लागि इजरायलका राजदूत महामहिम शमुलिक एरी बाससँगको शिष्टाचार भेटवार्ता गर्नु भएको छ । परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध थप मजबुद पार्ने विषयमा छलफल भएको छ ।मंगलबार भएको उक्त भेटमा इजरायल सम्बन्ध सुदृढ बनाउने, कृषि, शिक्षा, प्रविधि र विकासमा सहकार्य बढाउने तथा साझा विश्वव्यापी चासोका विषयमा छलफल गरियो छ । भेटमा द्विपक्षीय सम्बन्ध विस्तारसँगै आपसी हित तथा कृषि प्रविधि र शैक्षिक सहकार्यमा थप समझदारी र कार्यक्रम सञ्चालन गर्ने विषयमा कुराकानी भएको मन्त्री डा. राणाले उल्लेख गर्नु भएको छ ।