सोमवार, भदौ ९, २०८२
सोमवार, भदौ ९, २०८२
  • होमपेज
  • समाचार
  • झोलामै थन्कियो पाटनको यार्सा

झोलामै थन्कियो पाटनको यार्सा

  • सोमवार, साउन १३, २०८२
झोलामै थन्कियो पाटनको यार्सा

मुगु —छिरिङ छोर्मे तामाङको १५० गोटा यार्सा झोलामै थन्किएको छ । मुगम कार्मारोङ गाउ“पालिका मह गाउ“का उनी दुःख गरेर टिपेको यार्सा बेच्न नपाउ“दा निरास छन । अग्लो हिमालमा चढेर ज्यानको बाजी थापेर कष्टपूर्ण टिपेको यार्सा बेच्न नपाएको छिरिङ छोर्मेको दुखेसो छ । अघिल्लो बर्ष ४ सय यार्सा टिपेर पाटनमै बेचेर खल्तीमा पैसा ल्याएर घर फर्किए उनले भने यो पटक धेरै यार्सा पनि पाइने मुश्किलले पाएको ५ सय गोटा यार्सा बेच्न नपाएर झोलामै राख्नु परेको छ । कुहिने र किराले खाने डरले दिनदिनै सुकाउनु परेको उनी बताउछन । यार्सा बेचेर कमाएको पैसाले ऋण तिर्ने नुन चामल कपाडा किन्ने सोच अधुरो रहेको उनको भनाई छ । मुगु गाउ“का पासाङ तामाङले ६५ गोटा यार्सा बेच्न पाएका छैनन एकल पासाङ मात्र नभएर मुगु गाउ“का डेड सय परिवारको करोडौं मुल्यको यार्सा झोलामै थन्किएको छ । करिव एक महिना लगाएर पाटनमा टिपेको यार्सा समयमै बेच्न नपाउ“दा चिन्तित भएका छन । छिरिङ छोर्मे र पासाङ सिमित पात्र मात्र हुन । यो बर्ष पाटन क्षेत्रमा यार्सा टिप्न जाने करिव ४ हजार स्थानीयको यार्सा बिक्री भएको छैन ।

बिगत बर्षहरुमा जिल्ला भित्र र बाहिरका यार्सा ब्यापारी पैसा बोकेर पाटनमै यार्सा किन्ने जाने गर्थे । लुटपाट र चोरीको डरले यो बर्ष यार्सा ब्यापारी पाटन नपुग्दा स्थानीयको यार्सा झोलामै थन्किएको छ । एक महिना लगाएर टिपेको यार्सा बोकेर घर ल्याउनु पर्ने अबस्था आएपछि यार्सा संकलकहरु मर्कामा परेका छन । यो पटक एउटा यार्सा पनि बिक्री नभएको मुगम कार्मारोङ गाउ“पालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए । छिमेकी राष्ट तिब्बत बाट यार्साको मुल्य निर्धारण नहु“दा ब्यापारीले खरिद गर्ने नगर्दा स्थानीयको यार्सा झोलामै थन्किएको उनले बताए । बिकास निर्माण काम खेतीपाती देखि बिद्यालयको पढाई त्यागेर यार्सा टिप्न गएका महिला पुरुष बिधार्थी मर्कामा परेको उनले सुनाए । पैसा कमाउले लोभले घर खेती पठन पाठन छोडेर यार्सा टिप्न पाटन जाने र टिपेको यार्सा बेलैमा बिक्री नहु“दा घर खर्च देखि ऋणी तिर्न कठिनाई हुने यार्सा संकलनको दुखेसो छ ।

यार्सा टिपेर दिउला भने साहु बाट २० हजार ऋणी मागेर यार्सा टिप्ने पाटन गइयो रिउस गाउ“का टा“सी तामाङले भने ज्यानको बाजी राखेर डेढ सय गोटा टिपेको यार्सा बेच्न नपाउदा साहुको ऋणी तिर्न मुश्किल भयो पाटनमा टिपेको यार्सा झोला थन्क्याउदा कुहिने किराले नष्ट पार्ने भा“चिएर खेर जाने यार्सा संकलकको भनाई छ । करिव तीन बर्ष यता देखि क्रमिक रुपले यार्साको मुल्यमा गिरावट आउदा यार्सा संकलक घाटामा पर्नु परेको गाउ“पालिका प्रमुखको भनाई छ । तिब्बत बाट यार्साको मुल्य सुची प्राप्त भएपनि ब्यापारीले आफूलाई फाइदा हुने तरिका बाट यार्सा संकलन गर्ने गरेका छन पहिले नै यार्सा संकलन गर्दा पछि घाटा ब्यर्होनु पर्ने अबस्था आउने भन्दै ब्यापारी पनि तिब्बतको मुख ताक्ने गरेका छन । पहिले यार्सा किनेर के गर्नु पछि घाटा लाग्छ मह गाउ“का एक यार्सा ब्यापारी प्रबिण तामाङले सुनाए । अर्कोतिर लुटपाट चोरी डकैतीको डरले ब्यापारीहरु पैसा बोकेर यार्सा किन्न पाटनमा जान डराउने गरेको उनको भनाई छ तिब्बतमा यार्साको मुल्य एकिन नभएर सम्म ब्यापारीले खरिद नगर्ने उनले सुनाए । यार्सा बेच्न मुश्किल हुन थालेपछि प्रति यार्सा संकलकको संख्या न्यून हुदै गएको छ ।

बिस २०६५ साल देखि २०७० साल सम्म यार्सा संकलकको संख्या ८ हजार पुग्ने गरेको थियो भने बिस २०७१ साल यता देखि क्रमिक रुपले यार्सा संकलक न्यून हुदै गएको गाउ“पालिकाका प्रमुखको भनाई छ । गरिबको मुख्य आयश्रोतको रुपमा चिनिने यार्साले मुल्य नपाउदा महत्व घटदै जाने गाउ“पालिकाले जनाएको छ । अब यार्सालाई प्रर्बद्धन गर्न गाउ“पालिकाले नीति तथा कार्यक्रममै पर्यटन यार्सा घोषणा समेत गरेको छ । मुगम कार्मारोङ गाउ“पालिकाको पाटन क्षेत्रमा उत्पादन हुने मध्यम खालको यार्सा प्रति गोटा ३ सय देखि ५ सय र ठूलो आकारको यार्सा प्रति गोटा ८ सय देखि १ हजार मुल्यमा खरिद बिक्री हुने गरेको छ । ब्यापारीले प्रति केजी ८ लाख देखि १२ लाख मुल्यमा खरिद गरि बिब्बत पु¥याएर बेच्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार