सोमवार, भदौ २, २०८२
सोमवार, भदौ २, २०८२
  • होमपेज
  • देश
  • नागको पूजाआराधना गरि आज नागपञ्चमी पर्व मनाइदै

नागको पूजाआराधना गरि आज नागपञ्चमी पर्व मनाइदै

  • मङ्लबार, साउन १४, २०८२
नागको पूजाआराधना गरि आज नागपञ्चमी पर्व मनाइदै

मुगु– नागको पुजा आराधना गरि आज नागपञ्ची पर्व हर्ष उल्लास पूर्ण रुपले मनाइदै छ । नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरि घरका मूलढोकामा टाँसेर पुजाआराधना गर्ने चलन छ । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने गरिन्छ ।नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक परम्परा रुपमा विश्वास रहि आएको छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
आज राजधानीको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा भक्तजनहरुले विशेष रूपमा पूजाआजा गरी नागलाई गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने पुजाआराधना गर्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार