आइतवार, भदौ १, २०८२
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • कृषि
  • मुगुबाट ७४ मेट्रिकटन सिमि जिल्ला बाहिर निर्यात

मुगुबाट ७४ मेट्रिकटन सिमि जिल्ला बाहिर निर्यात

  • बुधबार, साउन १५, २०८२
मुगुबाट ७४ मेट्रिकटन सिमि जिल्ला बाहिर निर्यात

मुगु—हिमाली जिल्ला मुगुबाट गत वर्ष चालु आर्थिक बर्षमा करिव मुगुबाट ७४ मेट्रिकटन सिमि जिल्ला बाहिर निर्यात भएको छ ।जिल्ला स्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार गत आर्थिक वर्षमा कृषकले उत्पादन गरेको करिव ७४ मेट्रिकटन सिमि जिल्ला बाहिर शहरमा निर्यात भएको छ । जिल्लालाई सिमि जोनको रुपमा कार्यक्रम संचालन गर्दै आए पछि सिमिजोनले सिमि उत्पादन तथा बिक्रीमा ५० प्रतिशत अनुदान दिने गरेपछि मुगुका कृषकहरुले अनुदान पाउने आसाले खुशीका साथ अन्य बाली छोडेर सिमिलाई प्राथमिकता दिएपछि ७४ मेट्रिकटन सिमि निर्यात भएको मल्लको भनाई छ ।

गत चालु आर्थिक बर्षमा सिमि ढुवानीमा सहज होस भन्ने हिसावले किसानहरुलाई राष्ट्रिय कृषी आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन इकाइ कार्यालयले ४ लाख ९० हजार ढुवानी अनुदान दिएको उपलब्ध गराएको छ । सिमि लगायत कागुनो, चिनु , कोदो, फापर रैथाने बाली करिव ४ करोड मुल्य बराबरको जिल्ला बाहिर निर्यात भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई प्रमुख मल्लले जानकारी गराउनु भयो
जिल्ला बाहिर निर्यात भएका रैथाने अन्नहरु मध्य सिमिलाइ मात्र ढुवानी अनुदान दिइएको थियो ।

यो चालु आर्थिक बर्षमा सिमि दुवानी अनुदानको लागि ५ लाख र अन्य रैथाने वाली ढुवानी अनुदानको लागि ३ लाख बजेट विनियोजित भएको कार्यक्रम कार्यन्वयन इकाइ प्रमुख मल्लले बताए ।मल्लका अनुसार यो चालु आथिक वर्षमा ८० मेट्रीकटन सिमि मुगु जिल्लाबाट निर्यात गर्ने लक्ष्य राखिएको छ । जिल्ला सदरमुकाम गमगढी देखि प्रत्येक बस्तीस्तरमा सडक सुबिधा पुगेपछि कृषकहरुले उत्पादन गरेको रैथाने बाली कोदो, सिमि, कागुनो, फापर जिल्ला बाहिर निर्यात गर्न सहज भएको छ । सिमित रैथाने बाली मात्र नभएर उत्पादित स्याउ पनि जिल्ला बाहिर निर्यात गर्न कृषकलाई टेवा पुगेको छ । बिगत बर्षहरुमा रैथाने बाली बिक्री गर्न असहज थियो भने सडक सुबिधाले गर्दा कृषकले रैथाने बाली बिक्री गरि मनग्य आम्दानी गर्न थालेका छन ।

चर्चामा

सम्बन्धित समाचार