
मुगु—यति बेला रजैबैना भैसी खर्कमा गोठालाको चहलपहल छ । तल मुगु कर्णाली माथि बुकी पाटन धारिलो डाडा हरियाली जंगल छिनछिनमा कुहिरोले ढाक्ने रजैबैना स्थानमा स—साना काठ र खरको टहरा भित्र गोठालोहरु छन । खर्क वरपर तलमाथि छपक्कै गाई भैसी भेडाबाख्रा देखिने गरेका छन गोठालाहरुले दिनभर भैसी गाई भेडाबाख्रा चराउने र बिहान बेलुका दुहुना गाई भैसी दुहुदै खिर बनाउने दही जमाउने गर्छन भने कोही घरेलु काम कोही दाउरा चिर्ने त कोही घास ओर्साने काममा ब्यस्तै देखिने गरेका छन असार देखि भदौ अन्तिम सम्म रजैबैना क्षेत्र रमणीय देखिने गरेको छ ।जिल्ला सदरमुकाम गमगढी देखि सोरुकोट पुग्न सवारी साधन बाट ४ घण्टा लाग्छ । सोरुकोट देखि एक घण्टा जंगलको उकालो चढेपछि रमणीय रजैबैना लेक पुगिन्छ
उक्त लेक पर्यटकिय हिसावले अत्यन्तै महत्वपूर्ण सुन्दरताले भरिपूर्ण भएपनि प्रचार प्रशारको अभावले पर्यटक पुग्न सकेका छैन । साउन देखि भदौ १५ सम्म रजैबैना लेकमा पुरुमुरु गाउँका स्थानीयले गाई भैसी चराउने खर्कको रुपमा प्रयोग गर्ने गरेका छन ।पहिले यो रजैबैना लेकमा दुई दिन सम्म गाबे सक्राति मेला लाग्ने र उक्त मेलामा सोरु गाउँपालिका भरिका महिला पुरुष बुढापाका युवायुवती देउडा खेल्न जाने भएकोले यस ठाउँलाई रजैबैना लेक नाम राखिएको स्थानीय बताउछन ।चौर वरपर तलमाथि गोठालाको खर्कहरु देख्न पाइन्छ ।गोठाला गएका महिला पुरुष केटाकेटी गाई भैसी चराउदै आफनै धुन रमाउने गरेको दृष्य देख्न पाइनछ ।
रजैबैना लेक बाट सोरु गाउँपालिकाको धैनकोट, खनाया, सिडडी, कालै, सोरुकोट, भीई सिप, तारापानी बस्ती देख्न पाइन्छ । उक्त लेक बाट हुम्ला अदानचुली गाउँपालिकाको केही बस्ती समेत देखिन्छन । बिदाको दिन सोरु गाउँपालिकाका कर्मचारी रजैबैना लेकमा उक्लिएर रमाउने गरेका छन ।भिजिओल गीत, नेपाली फिल्मी सुटिङको निम्ति रजैबैना लेक उपयुक्त देखिएको गायिका स्वस्तिका शाही बताइन । पर्यटकिय स्थल रारा, जिमा कुलाहा तारापानी र रजैबैना लेक सम्म पर्यटकिय पदमार्ग जोडने सके आन्तरिक तथा बाहय पर्यटक घुम्ने थलोको रुपमा रजैबैना लेक प्रयोग हुने स्थानीयको भनाई छ । रजैबैना लेक बाट भीई दोमुख सम्म पुग्न सकिन्छ ।उक्त लेक बाट संचार नेटवर्कले पनि काम गर्ने भएको हुदा घुम्न जाने आन्तरिक पर्यटकलाई फोन गर्न सजिलो छ । रजैबैना लेकको आकासमा गिद्धहरु फनफनी घुमिरहेको दृष्यले झनै रमाइलो देखिन्छ ।