सोमवार, भदौ २, २०८२
सोमवार, भदौ २, २०८२
  • होमपेज
  • कृषि
  • रारा वरिपरि स्याउ खेती

रारा वरिपरि स्याउ खेती

  • शुक्रबार, साउन १७, २०८२
रारा वरिपरि स्याउ खेती

मुगु–जिल्लाको पर्यटकिय गन्त्ब्य रारा निकुञ्ज अन्त्रर्गत मध्यवर्ती क्षेत्रका स्थानीयले स्याउ खेतीमा जोड दिएका छनछायानाथ रारा नगरपालिका–३ तलितिुम, माथितुम, साया“खोला हेर्नीका“ध गाउ“मा स्थायी रुपमा बसोबास गर्दै आएका स्थानीय मध्यवर्ती क्षेत्रको बा“झो तथा भोक चलन गर्दै आएको जग्गामा धमाधम स्याउ खेती गर्न थालेका छन ।समुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा पर्ने रारा ताल देखि तलका गाउ“ बस्तीका सर्बसाधारणले अन्य बाली छोडेर स्याउ खेतीमा रमाउन थालेका छन ।रारा घुमफिर गर्न आउन स्वदेशी तथा बिदेशी मुलुका पर्यटकलाई झन आक्रर्षित बनाउने उदेश्यले स्थानीयले स्याउ खेतीलाई प्राथमिता दिएका छन ।

उक्त गाउ“ बाट रारा ताल पुग्न एक घण्ट समय लाग्ने गरेको रारा मध्यवर्ती क्षेत्रको लामाचौरमा ६ हेक्टर बा“झो जमिन खनेर १८ सय बोट स्याउका बोट रोपेको छाया“नाथ रारा नगरपालिका–१ का जयबहादुर मल्लले बताए ।
तलितुम गाउ“का केही ब्यक्ति र माथितुम गाउ“का पुरै स्थानीय उक्त स्याउ रोप्ने कार्यमा संलग्न रहेको उनको भनाई छ । मल्लका अनुसार स्याउ खेतीका लागि प्रधानन्त्री कृषि आधुनिक परियोजनाले सहयोग गरेको छ । बोट रोपेको करिव ३ बर्ष भित्र दाना लाग्ने गरेका छन ।कार्कीबाडा, झापागार्ड, साया“खोला र हेर्नीका“ध, घिमखोला, गाउ“का स्थानीयले पनि रारा ताल मुनिका जग्गामा स्याउ रोपेर फलाउन सुरु गरेका छन । रारा वरिपरि मध्यवर्ती क्षेत्रका जग्गा जमिनमा रारा तालको पानीले बाहैमास सिंचित हुने र उक्त क्षेत्रमा बढी स्याउ फल्ने भएकोले स्थानीय आक्रर्षित भएका छन ।रारा घुम्न आउने पर्यटकले कोसेलीको रुपमा स्याउ किनेर लैजान सुबिधा होस भनेर मध्यवर्ती क्षेत्रको जग्गामा स्याउ खेती गरिएको नगरपालिका–३ माथितुम गाउ“का कम्मरसिह खडकाले सुनाए । उनले भने मोटर बाटो पुगेर रारा पर्यटक बृद्धि हुन थालेपछि स्याउ खेतीमा बढी जोड दिइएका छौ ।

रारा ताल नजिक रहेका गाउ“ ताल्च, झयारी, पिना लगायत एक दर्जन गाउ“का स्थानीयले पनि आफनो जग्गा स्याउ रोपेर आम्दानी गर्न थालेका छन ।ताल्च गाउ“का करिव २ सय भन्दा बढी स्थानीय प्रत्येक बारीमा स्याउ फलाउने गरेका छन । गाउ“ नजिकै रहेको रारा बिमानस्थलले गर्दा स्याउ बेच्न सुबिधा भएपछि स्थानीयले स्याउ खेतीमा जोड दिएका छन । रारा घुम्न आउने पर्यटकले स्याउ किनेर लैजाने गरेपछि स्थानीयले स्याउ उत्पादनमा ध्यान दिन थालेका छन ।माथि रारा तल एयरपोटले गर्दा स्याउको माग बढदै जान थालेपछि उत्पादनमा जोड दिइएको ताल्च गाउ“का हरि रोकायाले भने अब स्याउ खेती मात्र गरेर परिवार पाल्न सकिने अबस्था देखा परेको छ । रारा ताल भन्दा आधा घण्टामा पुगिने मुर्मा गाउ“का स्थानीयले पनि पछिल्लो पटक स्याउ खेती प्रति आक्रर्षित हुन थालेका छन ।

पर्यटकहरु गाउ“मै पुगेर स्याउ किनेर लैजान थालेपछि स्थानीय आफनो पाखोबारी स्याउका बिरुवा रोप्न तर्फ उन्मुख भएका छनमाथि रारा तल स्याउ खेती कति राम्रो नगरपालिका–३ का वडाअध्यक्ष नन्दबहादुर रावलले भने रारा निकुञ्ज मध्यवर्ती क्षेत्रमा स्थानीयले स्याउ फलाउन जोड दिएका छनरारा घुम्दै स्याउ खा“दै पर्यटकलाई आनन्द आउने उनले भने रारा घुम्न आउने पर्यटकलाई लक्षित गरि स्थानीयले स्याउ उत्पादनमा प्राथमिता दिएका छन ।रारा क्षेत्र वरिपरिका कार्कीबाडा, ताल्च, माथितुम, पिना, झयारी, झापागार्ड, मैतु, घिमखोला लगायत बस्तीका स्थानीयले मात्र बर्षेनी १२ मेट्रिकटन स्याउ उत्पादन गरि बिक्री गर्न थालेका छन । बारीमा उत्पादन भएको ५० प्रतिशत स्याउजिल्लामै बिक्री हुने र ५० प्रतिशत स्याउ गाडीमा शहर लिएर बेच्ने गरेका छन । जिल्लामा प्रति केजी ३५ रुपैया“ र शहरमा प्रति केजी ६५रुपैया“मा स्याउ बेच्न गरिएको किसानको भनाई छउक्त गाउ“का स्थानीयले स्याउ बाटै बर्षेनी ३५ लाख भन्दा बढी पैसा भित्रयाउने गरेका छन । मोटर बाटो पुगेपछि बाम गाउ“का स्थानीय पनि स्याउ बढी ध्यान दिन थालेका छन ।

चर्चामा

सम्बन्धित समाचार