आइतवार, भदौ १, २०८२
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • समाचार
  • आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व

आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व

  • शनिबार, साउन २५, २०८२
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व

मुगु —हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर उल्लासका साथ मनाइदै छ पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ ।गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
जनैपूर्णीमा अर्थात रक्षाबन्धन पर्वमा कर्णालीका बिभिन्न गाउबस्तीमा परम्परागत धामी झाक्री नाचेर पर्व मनाउने चलन छ । बिहानै बाजा गाजा सहित धामी झाक्री त्रिबेणी नदी किनारामा गई नुहाउने घण्ट शुद्ध बनाउने र त्यहा बाट आएर घर आगनमा नाच्ने गरेका छन । प्रशिद्ध छायानाथ धामम गएका तिर्थालु जनैपूर्णीमामा फर्किने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार