
मुगु—करिव दुई साताको लागि मुगुको उत्तरी तिब्बती ब्यापारी नाक्चेनाडला नाका आज देखि खुलेको छ । कोरोना महामारीले गर्दा ४ बर्ष सम्म बन्द भएको उक्त नाका गत बर्ष देखि चीन सरकारले खुलाउन सुरु गरेको छ ।
दुई साताको लागि तिब्बती ब्यापारी नाका आज देखि खुलेको मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।. साउन २५ द देखि भदौ ७ सम्म १५ दिनको लागि तिब्बती ब्यापारी नाका खुलेपछि स्थानीय खाद्य बस्तु किनमेल गएको उनको भनाई छ ।गृह मन्त्रालयको निर्देशनअनुसार चिनको स्वशासित क्षेत्र ह्यजिमार स्थानमा दुई पक्षीय व्यापार मेलाका गरेको छ । चिनियाँ क्षेत्रमा प्रवेशका लागि हालसम्म पाँच सय भन्दा बढी नागरिकले सीमा पास लिएका स्थानीय खाद्य बस्तु किन्ने नाका तर्फ लागेको अध्यक्षको भनाई छ । गाउपालिकाले जनाएको छ ।
यो पटक पनि उक्त तिब्बती ब्यापारी नाका खुलेपछि स्थानीय खुशी भएका छन । तिब्बतसित हाम्रो ब्यापारी साइनो १५ दिने छ स्थानीय टा“सी लामाले भने सरकारले हाम्रो सम्बन्धलाई बिस्तार गर्न सकेन । हामीले चाहेर बिब्बत संगको ब्यापारी साइनो बढाउने क्षमता नभएको उनले बताएएक बर्षपछि साउन महिनाको १५ दिन मात्र तिब्बती ब्यापारीसंग भेटघाट हुन्छ त्यही अबधि भित्र जति समान किनेर ल्याउनु पर्छ उनले सुनाए ।अबधि सकियो पछि पैसा भएपनि किनमेल गर्न मिल्दैन उनले भने १५ दिन कटेपछि तिब्बती हाटबजार उठेर गइहाल्छ बाध्य भएर घरतिर आउनु पर्छ ।पंचायतकाल अर्थात १९१५ भन्दा अघि देखि मुगु गाउ“का आदिबासी जनजातिहरुले तिब्बती संग ब्यापार गर्दै आएका छन उनीहरुको ब्यापारी सम्बन्ध बिस्तार हुन सकेको छैन । १५ दिनको तिब्बती हाटबजारले समान किनमेल गर्न हत्तार हुने गरेको छ ।कहिले साउन महिना लँग्ला र तिब्बतमा समान किन्न र जडिबुटी बेच्न जाउला भनेर दिन गन्ती गरेर बस्नु परेको मुगु गाउ“का अर्का छिरिङ तोर्ची लामा बताए । उनले भने बर्षभरि तिब्बत संग ब्यापार गर्ने सरकारले नियम बनाईदिएको भएपनि यस्तो दुःख कष्ट गरेर किन बस्नु पथ्र्यो ।
हाम्रो सरकारको कमजोरी हो छिरिङतोर्चीले दुखेसो पोखे जिल्ला सदरमुकाम गमगढी देखि २८ कोष टाढा रहेको मुगु गाउ“ र तिब्बत सिमा संगै जोडिएको छ । उक्त गाउ“मा बसोबास गर्ने दुई सय परिवारका बसाई डुलाई धारापानी नेपाली भूमिमा भएपनि गा“स र कपास लागि तिब्बततिरै निर्भर छन ।अघिल्लो बर्ष तिब्बत बाट किनेर ल्याएको खँद्य बस्तु पछिल्लो बर्ष सम्म मुश्किल पु¥याउनु पर्ने स्थानीयको गुनासो छ । तिब्बती हाटबजार नलाग्दै घरमा दैनिक उपभोग्य बस्तु सिद्धि पछिल्लो घर संग पइचो गर्नु पर्ने अबस्थाले गर्दा मनमा पिर मानेर जीवन निर्बाह गर्नु पर्ने बाध्यता छ । मुगु गाउ“ देखि तिब्बत पुग्न गरुगो भारी संग दुई दिन र रित्तै एक दिन समय लाग्ने स्थानीयको भनाई छ ।
मुगु गाउ“ देखि जिल्ला सदरमुकाम पुग्न तीन दिन लाग्छ भने तिब्बत पुग्न एक दिन लाग्ने भएकोले त्यहा“का स्थानीयलाई आफनो नेपालको बाटो भन्दा तिब्बती बाटो सहज लाग्ने गरेको छ । मुगु गाउ“ देखि रातापानी, पुरानो मुगु, टा“केखोला, रानीओढार, रिमारको बाटो हुदै १३ नम्बरको तिब्बत सिमा पिलर भेटिन्छ । त्यहा“ बाट उत्ता तिब्बती भूमि भेटिने गरेको छ ।
बाटोभिर पखेर केही नभएकोले तिब्बत पुग्न र आउन अति सजिलो हुने स्थानीयको भनाई छ । यता गमगढी देखि मुगु लुम्स, छाइल, रिउस, पूलु, तिहारबगर, चितैकुना, सिरानीचौर हुदै मुगु गाउ“ सम्म पुग्न तीन दिन लँग्ने गर्छ ।
तिब्बतमा खुल्ने १५ दिने तिब्बती हाटबजार बाट स्थानीयले उन देखि नुन सम्म किनेर ल्याउने गरेका छन आफनो भूमिमा उन्न उत्पादन न्यून हुने भएकोले बर्षभरिको लागि पुग्ने चामल, मैदा, नून, तेल, ध्यू, चिनी, सावुन, चाउचाउ, जुस, रक्सी,तिब्बती चिया, कम्मल, छाला, जुत्ता, चप्पल, भाडाकुडा ल्याउने गरेका छन ।तिब्बती भाषाको समस्याले अधिकास स्थानीयले दाहाते अर्थात नेपालीले किनेको समान किनेर ल्याउनु पर्दा ठगिने समेत गरेका छन ।